बर्दिया : पूर्व-पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगन्ज गएको शुक्रबार राति करिव ९ बजेतिर राेकि राखेकाे ट्रकमा बस ठाेक्किएर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे २९ जना घाइते भए ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराकाे बेतहनी सामुदायिक वन उपभोक्ता समुहकाे टाेली दाङ भ्रमणबाट फर्किदै गर्दा शमशेरगन्ज नजिक राजमार्गमा राेकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ना ७ ख २३२१ नम्बरको बस ठाेक्किएर दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे र दुर्घटनामा २९ जना घाइते भएका हुन् । दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाकाे ज्यान गएको छ ।
घाइते २९ मध्ये अझै २१ जनाकाे काेहलपुर र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ५ जनाकाे अवस्था अझै गम्भीर छ । एक जना काठमाडौंमा र २ जना काेहलपुरमा भेन्टिलेटरमा र २ जना नेपालगन्जमा भेन्टिलेटरमा उपचार भइरहेका गम्भीर छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँकेकाे राप्तीसाेनारी गाउँपालिका ८ शमशेरगन्ज नजिक राजमार्गमा राेकिराखेकाे ट्रकमा बस ठाेक्किदा दुर्घटना भएको हाे ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा २०७८ कार्तिक २४ गते तिहारकाे समयमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा बर्दिया ठाकुरबाबा नगरपालिकाका दाजुभाईकाे ज्यान गएको थियाे । दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय साैरभ थारूकाे ज्यान गएकाे थियोे ।
राजमार्गमा राेकिराखेकाे ना. ३ ख ६३९ नम्बरको ट्रकमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेकाे ना. ५५ प ९७५६ काे माेटरसाइकल ठाेक्किदा माेटरसाइकलमा सवारकाे ज्यान गएको हाे ।
त्यतिबेला व्यस्त सडकमा संकेत बिना किग्रेकाे ट्रक राख्नाले २ जनाकाे मृत्युु भएकाे भनणदै पीडित पक्षले दिएकाे मुद्दामा अदालतले जिल्ला प्रशासनमा पठाएकोमा बाँकेमा प्रमुख जिल्ला अधिकारी रहनुभएका राम बहादुर कुरुम्वाङले पीडितका पक्षमा बाेल्दै व्यस्त सडकमा बिग्रिएका गाडिहरु गाडि मालिक र ट्राफिकले तत्काल हटाउनुपर्ने विषयमा पहल थाल्न सुरवात गर्नु भएको थियाे तर उहाँ सरुवा भएसंगै त्याे अभियान सुरु हुन सकेन ।
यी दुई घटना प्रतिनिधि मुलक घटना हुन् कारण अति व्यस्त राजमार्गमा राेकिराखेका गाडिमा ठाेक्किएर दुर्घटना हुँदा मानवीय क्षति भएकाे । गएको शुक्रबार राेकिराखेकाे ट्रकमा बर्दियाकाे ठाकुरबाबा नगरपालिकाबाट दाङ भ्रमणमा गएर फर्किने क्रममा दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएपछि संचारमाध्यम र सामाजिक संजाल मार्फत ट्राफिक प्रहरीसहित गाडि मालिक र चालकलाई अनुरोध गरियाे ।
गाडिकाे चाप बढि भएसंगै साँघुराे लाग्ने राजमार्ग क्षेत्रमा बेलाबेलामा बिग्रिएर ठाउँ ठाउँमा छाडिएका गाडिहरु तत्कालै सडकबाट हटाउने अभियान थालियोस् ट्राफिक प्रहरीलाई अनुरोध छ ।
क्षमता भन्दा बढि यात्रु बाेक्ने तथा तिब्र गतिमा गुड्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवानासमेत लिइ बढि भएका यात्रुलाई तुरुन्तै अर्को गाडि व्यवस्था गरि गन्तव्यमा पुर्याउने तर्फ पनि ध्यान जाओस् ।
आर्थिक संकलन गर्ने हाेडबाजीमा यातायातका साधनका संचालक, चालक र ट्राफिक प्रहरीले लापरवाही गर्दा अनाहकमा यात्रुले ज्यान गुमाउने क्रम बढिरहेकाले बेलैमा यसतर्फ सरकारकाे पनि ध्यान जान जरुरी छ ।
दुर्घटना भएकाे तीनदिन पछि इलाका प्रहरी कार्यालय काेहलपुर बाँकेका डिएसपी सुन्दर तिवारीले साेमबार दिउँसो सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया आयाेजना गर्नुभयाे ।
अहिले फेरि ७ जनाकाे ज्यान जानेगरि राेकिराखेको ट्रकमा बस ठाेक्किएपछि इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीले सराेकारवाला पक्ष ट्राफिक प्रहरी, यातायातका साधनका समिति, गाडि मालिक, चालक, निकुञ्जसहित सराेकारवाला पक्षहरुबीच अन्तर्कृयात्मक छलफल सुरु गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर बाँकेको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भयाे ।
यातायात व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरि झण्डै जनाको उपस्थितिमा भएको अन्तरक्रियामा विषय प्रवेश गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी प्रहरी नायब सुन्दर तिवारीले सवारी दुर्घटनाका कारण र न्यूनीकरणमा सरोकारवालाको भूमिका बारेमा प्रस्तुतीकरण गर्नुभयाे ।
अन्तरक्रियाको क्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले गत आर्थिक वर्षमा मात्र राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको सवारी दुर्घटनामा ८६ वटा वन्यजन्तुकाे मृत्यु भएको विषयमा ध्यानाकर्षण गर्दै वन्यजन्तु र मानवको सहअस्तित्वलाई गम्भीरतापूर्वक लिई राष्ट्रिय निकुञ्जमा निर्धारित गति भन्दा तीव्र गतिमा सवारी साधन नगुडाउनका लागि अनुरोध गर्नुभयाे ।
अन्तरक्रियामा ईलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नेत्र प्रसाद भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदी, कोहलपुर नगरपालिकाका नगर प्रहरी निरीक्षक बिर बहादुर थापाले सडक सुरक्षा र सावधानीको बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।
बागेश्वरी यातायात व्यवसायी प्रा.लिका अध्यक्ष मन प्रसाद आचार्यले सम्पूर्ण व्यवसायीको तर्फबाट मन्तव्य राख्दै सडक सुरक्षा आम सरोकारको विषय भएकाले छलफलमा उठेका विषयवस्तुहरूमा सम्पूर्ण व्यवसायी सम्वेदनशील रहेको बताउँदै छलफलमा भएका निर्णय पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
अन्तरक्रियात्मक छलफलबाट गरिएका निर्णयहरू
१. यात्राको दौरानमा सवारी साधन बिग्रिएको खण्डमा यथासम्भव मूल सडक भन्दा बाहिर पार्किङ गरी मर्मत गर्नुपर्ने । सडकमा राखेर मर्मत गर्नुपर्ने विकल्प नरहेको अवस्थामा अनिवार्य रूपमा ५० मिटर अगाडी, ५० मिटर पछाडी र सवारी साधनको अगाडी र पछाडी टल्किने अथाुवा सहजै थाहा पाउन सकिने सावधान लेखेर र देखिने संकेत राख्ने ।
२. मर्मतका लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी पक्ष वा व्यवसायी पक्षबाट व्यहोर्ने गरी सवारीसाधन जसरी पनि सुरक्षित स्थानमा लैजाने ।
३. राजमार्ग क्षेत्र र विशेष गरी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर विसर्जन नगर्ने सम्बन्धमा यस पूर्व भएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने ।
४. बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको लोक मार्ग खण्डमा निर्धारित अधिकतम गति ४० किलोमिटर प्रति घण्टा रहेकोले सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने । सो सडक खण्डमा टाइम कार्ड लगाउनको लागि थप छलफल गर्ने ।
इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीले काेहलपुरदेखि कुसुम क्षेत्रसहितका सडकमा कहिँकतै पनि बिग्रिएकाे अवस्थामा गाडि नराख्नका लागि प्रहरीले कडा रुपमा निगरानी गरणने बताउनुभयो ।
गाडिकाे आवतजावतले अति व्यस्त पुर्व पश्चिम राजमार्ग क्षेत्रमा अबदेखि बिग्रिएका गाडिलाई तत्काल हटाउने विषयमा सराेकारवाला पक्षबीच साेमबार भएको बृहत् छलफल पछि भएको निर्णय दिर्घकालिन कार्यान्वयन हाेस् भन्ने सम्पूर्णकाे माग छ ।