onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको टुहुरो कृष्णसार सदर चिडियाखानामा

Sambad ADD long

बर्दिया : बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा लगिएको छ । कोर क्षेत्रमा पाँच महिना अगाडि माऊबाट विछोड भएको अवस्थामा पोथी कृष्णसार भेटिएको थियो ।

बर्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनय कुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उहाँले बताउनुभयो । वन्यजन्तुलाई बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उहाँको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णय अनुरुप दुर्लभ वन्यजन्तु अन्तरगत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिनुभयो ।

“शुक्रवार राति १० बजे सदर चिडियाखाना पुर्‍याइएको पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ”, झाले भन्नुभयो “पाँच महिनाको कृष्णसार अरु भन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसंगै राखेका छौँ ।”

Leave A Reply

Your email address will not be published.