onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा र गुलरियामा बालमैत्री शिक्षण सिकाइ तालिम संचालन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : गुलरिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम सुरु भएको छ । शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका विषयवस्तुसंग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षाकोठा व्यवस्थापन गराउन, लैगिंकमैत्री तथा बालमैत्री शैक्षिक सामाग्री निमार्ण गर्न शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम गुलरिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा सुरु भएको हो ।

वैशाख २ गते देखि ५ गतेसम्म संचालन हुने तालिममा परियोजना लागु भएका ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाको विभिन्न वडाका बाल विकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि तालिम संचालन गरिएको हो । तालिममा परियोजना लागु भएका ठाकुरबाबा नगरपालिकाको सामुदायिक विद्यालयका १५ जना र गुलरिया नगरपालिकाका २२ जना कक्षा शिक्षकहरुको सहभागिता रहेको छ । तालिम प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा संचालन भएको हो । राष्ट्रिय सेतोगुराँसका सहजकर्ता झल कार्कि र राधा मल्लले तालिमको सहजिरकण गर्नु भएको आयोजक संस्थाले जनाएको छ ।

तालिमको उद्घाटन सत्रमा पूर्वकालमा शिक्षण सिकाई परम्परागत रुपमा परम्परागत पद्धति अनुसार शिक्षण सिकाई गर्ने गरेको र हाल विद्यालय तहमा शैक्षिक सामाग्री, शिक्षण विधी पाठ्यक्रम, सिकाई प्रकृया बाल केन्द्रित रहेको छ । विद्यालय तहमा दिइने शैक्षिक गतिविधिहरुलाई बालकेन्द्रित गर्न सके विद्यालय शिक्षा गुणस्तरीय गर्न सकिने बताउँदै अझ पनि विद्यालय तहको शिक्षण गतिविधि शिक्षक केन्द्रित हुँदा सोचेजस्तो हासिल हुन नसकेको सहभागीहरूले बताएका छन् । विद्यालयमा पनि घरपरिवारमा दिइने जस्तै वातावरण सृजना गर्नसके बालबालिकाहरुको व्यवहार र धारणामा परिर्वतन गर्न सकिने तालिमका सहजकर्ता झल कार्कीले बताउनु भयो । तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बालकेन्द्रित मैत्री कक्षाकोठा बनाउन सकिने बताउदै तालिमले लिएको उद्देश्य पुरा गर्न सकिने कार्कीले बताउनु भयो ।

परियोजना अन्तरगत पालिका भित्रका सबै बालबालिकासम्म शिक्षाको पहुँच पुर्‍याउन र शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न योजना बनाएर अगाडी बढि रहेको, बालमैत्री तथा लैङ्गीक मैत्री विद्यालयको निर्माण, कक्षाहरुलाई नमूना बनाउने कार्य लगायतका प्रयासहरु भइ रहेका छन् । प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालको साझेदारी तथा पालिकासंगको समन्वययमा कार्यक्रम संचालन भइ रहेको स्याक नेपाल बाँकेका परियोजना परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । परियोजना अन्तरगत गुलरिया नगरपालिकामा ७ र ठाकुरबाबा नगरपालिकामा १२ गरी जम्मा १९ वटा विद्यालयमा सिकाई परियोजना मार्फत् बालबालिकाको विद्यालयमा पहुँच तथा बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि कार्यक्रम संचालन भई रहेको शर्माले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.