onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा आगलागी पूर्वको कृतिम घटना अभ्यास

Sambad ADD long

बर्दिया : हिउँदयाम लागेसंगै आगलागिका घटनाहरू बढ्दो छ । यो समयमा गर्मी र सुख्खा हुने तथा हावाहुरी पनि चल्ने भएकाले आगलागि भइ बस्तिनै जलेर नष्ट हुने गरेको दुःखद घटनाहरु हरेक दिन जस्तो सुन्ने गरिन्छ ।

देशैभरी आगलागीका घटनाहरु बढि रहँदा बर्दियामा कृतिम घटना अभ्यास गरिएको छ । आगलागीको घटना भएमा कसरी नियन्त्रण गर्ने र कसरी जनधनको सुरक्षा गर्दै र क्षतिलाइ न्यूनगर्ने उपायहरुका विषयमा जानकारी दिने उद्देश्यले नेपाली सेनाको ब्रजदल गण, गुलरियाको आयोजनामा गुलरियामा कृतिम घटना अभ्यासको गरिएको हो ।

आगलागी हुँदा धनजनको क्षति कमगर्न सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल रेडक्रसकर्मी, अग्नी नियन्त्रक दस्ता लगायतले कृतिम अभ्यास गरेका छन् । गुलरिया स्थित नेपाली सेनाको हाताभित्र निर्माण गरिएका अस्थायी टहरामा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । यस प्रकारको अभ्यासले आगलागीबाट जोगिने तरिका तथा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी हुने भएकाले ठूलो क्षति हुनबाट बच्न सहिने प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताउनुभयो ।

कृत्रिम घटना अभ्यासले भोलिका दिनमा हुनसक्ने सम्भावित घटनालाई न्युनिकरण गर्न मद्दत गर्ने भएकाले समय समयमा यस्ता अभ्यासहरु गरिनु अतिआवश्यक रहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताउनु भयो ।

सोहि अवसरमा भान्सामा हुने आगलागी र सिलिन्डरबाट ग्याँस लिक भएर आगलागी भइ हालेमा अपनाउनु पर्ने क्रियाकलापको विषयमा पनि जानकारीका साथ नमूना प्रयोग गरी सचेतना दिइएको छ । गएको हप्तामात्र गेरुवा गाउँपालिकामा २ फरक फरक आगलागि का घटनाहरू घटेको थियो जसमा एउटा भन्सामा पकाउने ग्याँस लिक भएर आगलागि भएको थियो ।

आगजनीको पूर्वतयारी नहुँदा जिल्लामा हरेक वर्ष गर्मीयाममा हुने आगलागीले धनजनको ठूलो क्षति हुने गरेको छ । कृत्रिम घटना अभ्यासमा आगलागी नियन्त्रणका लागि दमकल, एम्बुलेन्स, लगायतका उपकरण प्रयोग गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.