onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

वास संरचनाको मर्मतसम्भार नीति सम्बन्धी पैरवी कार्यशाला सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : स्वास्थ्य संस्थाका खानेपानी, सरसफाई र स्वच्छता (वास) संरचनाहरुको मर्मतसम्भार नीति सम्बन्धी पैरवी कार्यशाला ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा गेरुवा ग्रामिण जागरण संघ र तेरदे जोम्सको सहकार्यमा बर्दिया जिल्लाका आठवटै पालिकाको प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर बिष्टले स्थानीय सरकारलाई योजना बनाएर मर्मत संभारका कार्यक्रमहरु गर्न आग्रह गर्नु भएको छ । पालिकाहरुलाई संघ संस्थाका कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा ल्याउन सुझाव दिदै जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भएको छ ।

आवाज वास संरचनाहरुको मर्मत संभार नीति सम्बन्धी पैरवी कार्यशालामा सहभागि बर्दियाका पालिका प्रमुखहरुले आफ्नो पालिका नीति बनाएर कार्य शुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले वास सम्बन्धी कार्यक्रमहरु गरे पनि बिषयगत रुपमा नगएकोले अलमलमा परेको जस्तो भएकोले ठाकुरबाबा नगरपालिकाको सिको गर्नु पर्ने बताउनु भएको छ ।

आवाज मधुवन नगरपालिकाका नग रप्रमुख तेजबहादुर भाटले बर्दियाका सबै लागिले वास नीति बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । बर्दियालाई नमुना जिल्लाको रुपमा बनाऔँ भन्ने सुझाब राख्नु भएको छ । अवाज ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले सभाअध्यक्षको आसनबाट बोल्दै पालिकाको शिक्षा स्वास्थ्य नै प्रमुख प्राथमिताको कार्यक्रम रहेको बताउनु भएको छ । प्रथमिकता अन्तरगत वास कार्यक्रम सम्बन्धी नीति नै बनाएर काम गरिहेको बताउनु भएको छ । आवाज बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले कार्यक्रममा प्रस्तुत गरिएको कुरालाई गुरुकोद रुपमा लिनु पर्ने बताउनु भएको छ । वास सम्बन्धी नीति निर्देशिका बनाएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । आवाज कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगरउपप्रमुख बीनाकुमारी भट्टराईले ब्यबहार परिवर्तनका कुरालाई जोड दिरहेको बताउनु भएको छ । हाँत धुने ब्यबहार परिर्वतनले रोग लाग्न नदिनका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ । केहीकुराहरु कोभिडले सिकाएपनि अझ यसलाई निरन्तरता दिदैँ कार्यान्वयन चरणमा लैजान आवश्यक छ ।

ठाकुरबाबा नगरपालिकाले निर्माण गरेको वास संरचनाहरुको ममर्त सम्भार नीति २०७९को बारेमा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले प्रस्तुतीकरण गर्नु भएको थियो । मर्मत संभार नीति र कार्यविधिको आवश्यकता, निर्माण प्रक्रिया, कार्यान्वयनका लागि गरिएका पहलहरु, नीतिको पैरवी योजनाको बारेमा पालिकाले गरिहेको बारेमा जानकारी गराउनु भएको छ । हाँत धुने कार्यक्रम सहकार्य गरिराख्नु भएको तेरदे जोम्सका लक्ष्मण खरालले सरसफाईका सुचकको बारेमा जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.