online-aama-surachhya-sandesh

बर्दिया : मधुवनमा बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो

Sambad ADD long

बर्दिया : मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे छ । मधुवन नगरपालिका-५, काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघकाे आक्रमणबाट मधुवन नगरपालिका-५ की ५० वर्षीया धनसरा गुरुङ्ग र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बहादुर बाेहाेराले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघकाे आक्रमणका घटना हुने गरेकाे प्रहरीले जनाएको छ ।

मृतक दुई जना महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.