onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सिकाई परियोजना सञ्चालित राजापुरका सामुदायिक विद्यालयको अनुगमन

शिक्षाको विकासका लागि पालिकाले विशेष शैक्षिक योजना बनाउँदै

Sambad ADD long

राजापुर, बर्दिया : राजापुर नगरपालिकामा सञ्चालित दुईवटा सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । राजापुर नगरपालिकामा वडा नम्बर ३ र ९ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय र बागेश्वरी प्राथमिक विद्यालयको बुधवार संयुक्त अनुगमन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राजापुर नगरपालिकाको समन्वयमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले सञ्चालन गरेको सिकाई परियोजना कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अनुगमन गरिएको हो । राजापुर नगरपालिकाका नगर प्रमुख एवम् शिक्षा समितीका संयोजक दिपेश थारुको संयोजकत्वमा शिक्षा शाखा प्रमुख तथा संंस्थाका पदाधिकारी र कर्मचारि लगायतको सहभागितामा अनुगमन गरिएको राजापुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दल बहादुर चौधरी, (स्याक) नेपाल बाँकेकी कार्यवाहक अध्यक्ष बबिता सिंह, (स्याक) नेपाल बाँकेका सिकाई परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सहभागिता संयुक्त अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विद्यालयमा सञ्चालन भएका परियोजना र अवलम्बन गरिएका अभ्यासहरुको प्रत्यक्ष अनुगमन तथा निरिक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले बताउनु भयो । पूर्व प्राथमिक तहका कक्षाहरुलाई बालमैत्री वातावरणमा रुपान्तरण गरी शिक्षण सिकाई गतिविधि संचालन भएको नगर प्रमुख थारुले जानकारी दिनुभयो । राजापुर नगरपालिकाले अनुगमन तथा निरिक्षणसंगै एउटा विद्यालयमा भएका राम्रा अभ्यासहरुलाई अन्य विद्यालयमा पनि लैजाने र शिक्षातर्फको विकासका लांगि पालिकाले विशेष शैक्षिक योजना बनाएको छ ।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले विद्यालयको स्तर र शिक्षाको गुणस्तर बृद्दि गर्नका लागि संचालन गरेको कार्यक्रमहरु प्रभावकारी रहेको बताउँदै नगर प्रमुख थारुले नगरपालिकासंग सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि नगरपालिकासंग समन्वय र सहकार्य गरेर काम गर्न अनुरोध गर्दै नगरपालिकाले समन्वय तथा सहकार्य गर्न सँधै तयार रहने प्रतिवद्दता जनाउनुभयो । विभिन्न संघ–संस्थाले परियोजना मार्फत् सञ्चालन गरेका कार्यक्रम र गतिविधीहरुमा राजापुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सहजिकरण गर्दै समन्वय र सहकार्य गर्दै आइ रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दल बहादुर चौधरीले जानकारी दिनुभयो ।

स्याक नेपालले सिकाई परियोजना मार्फत् बिगत ४ वर्षदेखि विद्यालयको शैक्षिक गुणस्तर बृद्दिका लागि शिक्षकहरुको पेशागत क्षमता विकास तालिम, शिक्षा योजना निर्माण, शिक्षा नीति निर्माण, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालिकाहरुको सिकाई बृद्दिका लागि श्रोतकक्षा संचालन लगायतका गतिविधिहरु संचालन गर्दै आइरहेको गरेको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेकी कार्यवाहक अध्यक्ष बबिता सिंहले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.