onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ पूर्ण हात धुने वडा घोषित

अभियानमा सहयोग गर्न नगरबासीलाई नगरप्रमुखको आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ लाई पूर्ण हातधुने वडा घोषणा गरिएको छ । पूर्ण सरसफाई युक्त पालिकाको अभियान आ–आफ्नै पहलमा हात धुने स्थान भन्ने नाराका साथ नेपालमै पहिलो पटक ठाकुरबाबा नगरपालिकामा संचालन भएको पूर्ण हात धुने अभियान अन्तरगत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ लाई पूर्ण हात धुने वडा घोषणा गरिएको हो ।

फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्कीएसंगै नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिकाभरि नै हात धुने कार्यलाई ठाकुरबाबा नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको साझेदार संस्था गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले जानकारी दिनुभयो ।

गेरुवा ग्रामिण जागरण संघ र तेर दे जोम्ससंगको सहकार्यमा ठाकुरबाबा नगरपालिकामा २०७९ भदौ ५ गते देखि पूर्ण हात धुने अभियान संचालन भई रहेको छ । ठाकुरबाबा नगरपालिकाको पूर्ण हात धुने अभियान अनुरुप घर, संघ–संस्था, र कार्यालयहरुमा हात धुने स्थान बनाएर विशेष अवस्थामा सबैले नियमित रुपमा साबुन पानीले हात धुने अभ्यास प्रवद्र्दन गरी नगरपालिकाको वडा नम्बर ४ पूर्ण हातधुने वडा घोषित भएको वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष अमिन थारुले बताउनुभयो ।

हात धुने अभियानका लागि कानुनी, सस्थागत र संरचनात्मक संयन्त्र निर्माण गर्नु, साझेदार र सरोकारवालाहरु पहिचान गरी पैरवी र क्षमता विकास गर्ने, पूर्ण रुपमा हात धुने अवस्था हासिल गरेका टोल, गाउँ, वडा र पालिका घोषणा गर्ने तथा सो अभ्यासलाई सस्थागत गर्ने लक्ष्य रहेको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख विना कुमारी भट्टराईले बताउनु भयो ।

पूर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० सालसम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानीसहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको र यस अभियानमा सहयोग गर्न सम्पूर्ण ठाकुरबाबा नगरबासीलाई नगर प्रमुख लम्सालले आग्रह गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.