onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लुम्बिनी प्रदेश नेपाली कांग्रेसको प्रमुख सचेतकमा बर्दियाका जन्मजय तिमिल्सिना

Sambad ADD long

भुरीगाउँ, बर्दिया : लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिनालाई प्रमुख सचेतकको रुपमा चयन गरेको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले प्रदेश सभाको प्रमुख सचेतकमा बर्दियाबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित तिमिल्सिनालाई चयन गरेको हो ।

बर्दिया निर्वाचन क्षेत्र २ को प्रदेश सभा (१)बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनालाई फागुन २ गतेदेखि लागु हुने गरी नेपाली कांग्रेस, संसदिय दलको कार्यालय लुम्बिनीले प्रमुख सचेतक बनाएको हो । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलाका नेता डिल्ली बहादुर चौधरीले तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्त गरी फागुन २ गते नै लुम्बिनी प्रदेश सभा सचिवालयलाई जानकारी गराउनु भएको छ ।

संसद्‌मा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ । बर्दिया निर्वाचन क्षेत्र नम्बर २(१)बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित तिमिल्सिना प्रमुख सचेतकमा नियुक्त भएसंगै नयाँ बनेको ८ दलिय गठबन्धनको तर्फबाट सरकार बनेमा बर्दियाले तिमिल्सिनालाई मन्त्रिको रुपमा पाउनेमा यस क्षेत्रका स्थानीय बासिन्दा आशाबादी बनेका छन् ।

Leave A Reply

Your email address will not be published.