online-aama-surachhya-sandesh

विकास प्रेमी युवा समूहको आयोजनामा बारबर्दियामा सरसफाई

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्रजातन्त्र दिवसको अवसरमा विकास प्रेमी युवा समूह बारबर्दिया नगर कमिटिले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । देश र समाज रुपान्तरणका लागि हाम्रो अभियान नाराका साथ विकास प्रेमी युवा समूहको आयोजनामा फागुन ७ गते आइतबार सरसफाई कार्यक्रम भएको हो ।

सरसफाई कार्यक्रम अन्तरगत बारबर्दिया नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसर, स्वास्थ्य चौकी, स्थानीय मन्दिर, सार्वजनिक क्षेत्र परिसर संगै सडक तथा खाली ठाउँमा रहेको फोहोर हटाएर सरसफाई गरिएको छ । वातावरण स्वच्छ राख्नका लागि सबैको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले प्रजातन्त्र दिवसका अवसरमा विकास प्रेमी युवा समूहको बारबर्दिया नगर कमिटिले सरसफाई कार्यक्रमको आयोजना गरेको समूहका जिल्ला संयोजक गोपाल निरौलाले जानकारी दिनुभयो ।

विकास प्रेमी युवा समूह बारबर्दिया नगर कमिटिका संयोजक गंगाराम पाठकको अध्यक्षतामा संचालन भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष, स्थानीयबासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.