
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–४ मा रहेको बगनाहा स्वास्थ्य चौकीमा फागुन ३ गते बुधबार देखि फागुन ५ गते सम्म निःशुल्क आँखाको मोतीविन्दु अप्रेसन शिविर सञ्चालन भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा नपुगेका आँखा रोगका विरामीहरुलाई मध्यनजर गर्दै ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा स्कृनिङ शिविर सञ्चानल गरी मोतिबिन्दुको समस्या भएका आँखा सम्बन्धी रोगका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाले समय–समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसबाट न्यून आयस्तर भएका, स्वास्थ्य सेवाबाट बन्चित भएका नागरिकले स्वास्थ्य लाभ लिएको बताइएको छ ।