online-aama-surachhya-sandesh

बारबर्दियामा जनप्रतिनिधिका लागि नेतृत्व विकास तालिम सुरु

गुणस्तरीय शिक्षाका लागि नेतृत्व लिने बारबर्दिया नगरप्रमुखको प्रतिबद्दता

Sambad ADD long

जयनगर, बर्दिया : बारबर्दिया नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागि शिक्षामा लैंगिक रुपान्तरण तथा नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम जयनगरमा शुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेको साझेदारीमा सिकाइ परियोजना अन्तरगत तालिमको आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती रहनुभएका बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारुले स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि शिक्षामा गुणस्तर बृद्दिका लागि पालिकासंगको समन्वयमा कामहरु गरिरहेको बताउनु भयो । संस्थाले सञ्चालन गरेका हरेक क्रियाकलाप उपलब्धिमुलक रहेको पनि नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परियोजनाको सञ्चालन पछि स्थानीय सरकार नपुगेको स्थानमा भौतिक पुर्वाधार निर्माण, प्रविधिमैत्री शिक्षाका लागि आइ.सि.टि. सहयोग, पुर्वप्राथमिक तहमा नमूना कक्षाकोठा व्यवस्थापनका लागि सामाग्री सहयोग, अभिभावक शिक्षा जस्ता क्रियाकलाप सञ्चालनबाट विद्यालयस्तरमा सिकाई उपलब्धि बृद्दि भएको बारबर्दिया नगर प्रमुख थारुले बताउनु भयो । प्लान इन्टरनेशन नेपाल र सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेले जनप्रतिनिधिहरुको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा कायम गर्न र शिक्षाका क्षेत्रमा नेतृत्व प्रदान गर्नका लागि नेतृत्व विकास तालिमको आयोजना गरि क्षमता बिकासको क्षेत्रमा टेवा पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आफु संघसंस्थाको शुभचिन्तक भएको र संस्थाहरुले गर्ने हरेक क्रियाकलापमा सहभागी हुँदै कार्यक्रमले दिर्घकालीन रुपमा बारबर्दियाको समग्र विकासमा पुर्‍याउने प्रभावका विषयमा वकालत तथा पैरवी गरेको नगरप्रमुख थारुले बताउनु भयो ।

जनप्रतिनिधिहरुको क्षमता विकास तालिम आयोजना गर्नका लागि संस्थासंगको समन्वयकारी भुमिका निर्वाह गरि क्षमता विकास तालिमको सुरुवात गरिएको बारबर्दिया नगरपालिकाकी नगर उप–प्रमुख रत्न कुमारी पाण्डेले बताउनु भयो । उद्घाटन कार्यक्रममा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले विगत ४ वर्षदेखि संस्थाले शिक्षा क्षेत्रमा टेवा पु¥याउने उद्देश्यका काम गरिरहेको जानकारी दिनुभयो । बालबालिकाहरुको सिकाई उपलब्धि बृद्दि गर्न र बालिकाहरुको विद्यालयमा सतप्रतिशत उपस्थितिका लागि शिक्षकहरुको क्षमता विकास तालिम, बालबालिकाहरुको बसाइँ व्यवस्थापनका लागि कक्षाकोठा मर्मत सम्भार, भौतिक पुर्वाधार निर्माण, नमूना कक्षा कोठा व्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोग, विद्यालयमा अभिभावक कक्षा सञ्चालन, सिकाइ उपलब्धि कमजोर भएका बालिकाकाहरुका लागि श्रोतकक्षा सञ्चालनमा संस्थाबाट सहयोग गर्दै आएको बताउनु भयो । पालिकास्तरको शिक्षा नीति, शिक्षा योजना, स्थानीय पाठ्यक्रम र बारबर्दिया नगरपालिकाको पाश्र्वचित्र निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग समेत गरेको जानकारी दिनुभयो ।

तीन दिन सम्म सञ्चालन हुने तालिममा शिक्षामा लैंगिक रुपान्तरणमुखी अवधारण, लैंगिक भूमिकाहरु, लैङ्गिक रूपान्तरण दृष्टिकोण, लैङ्गिक रूपान्तरण शिक्षा, लैङ्गिक रूपान्तरण शिक्षाका पक्ष र तत्वहरू, स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व बिकास संघीयता र विभिन्न तहका सरकारका अधिकारहरू, महिला नेतृत्व विकासका आधारभुत सिपहरु लगायत विभिन्न कानुनी व्यवस्थाबारे तालिममा छलफल हुनेछ ।

लैगिंक मैत्री गुणस्तरीय शिक्षा तथा महिलाहरुको नेतृत्वमा पहुच भन्ने मुल उद्देश्यका साथ सञ्चालन भएको तालिमको सहजीकरण अधिवक्ता राजकुमार चौधरीले गरिरहनु भएको छ । कार्यक्रमको सञ्चालन सहजिकरण सिकाई परियोजनाका प्रमुख लक्ष्मी प्रसाद शर्माले गर्नु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाअध्यक्ष, सामाजिक विकास समिति संयोजक, कार्यपालिका सदस्य, वडा सदस्य गरि २८ जनाको सहभागीता रहेको सिकाई परियोजानाकी फिल्ड सुपरभाइजर सीमा वलीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.