online-aama-surachhya-sandesh

पूर्ण हातधुने अभियान अन्तरगत अभियानकर्ताहरुलाई प्रशिक्षण सम्पन्न

Sambad ADD long

ठाकुरद्वारा, बर्दिया : पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हातधुने स्थान” भन्ने नारा सहित २०७९ साल भदौ ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हातधुने अभियानलाई सफल बनाउन ठाकुरद्वारामा सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

माघ २३ गते सोमबार २४ गते मंगलबार गरी दुई दिनसम्म सञ्चालन भएको सोमबार र मंगलबार २ दिन सम्म संचालन भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर ५, ७ र ८ का महिला स्वास्थ्य स्वयम्सेविका, बडघर, विद्यार्थी, व्यापारी तथा सामाजिक अभियन्ताहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई पूर्ण हातधुने अभियानको विषयमा जानकारी गराउनुका साथै साथै सामुदायिक अभियान्ताहरुलाई प्रशिक्षण समेत दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर उप–प्रमुख बिना कुमारी भट्टराईले सम्मुनत नगरपालिका र सवल नगरबासी बन्नका लागि सबै नागरिक स्वस्थ रहन अति आवश्यक रहेको र त्यसका लागि सबैले घरघरमा हातधुने स्थान बनाई व्यवहार परिर्वतन गर्न आवश्यक रहेको बताउनु भयो । नगर उप–प्रमुख भट्टराईले पूर्ण हातधुने अभियानलाई सफल बनाउनका लागि आ–आफ्नो स्थानबाट लाग्न सबै नगरबासीहरुमा आग्रह समेत गर्नुभयो । ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्षहरुले अभियानलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भएको छ ।

ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीले सबै जना प्रतिबद्द भएर नगरपालिकालाई पूर्ण सरसफाई युक्त पालिका घोषणा गर्न सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो । हातका माध्यमबाट नै विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने भएकाले टुटि र ढक्कन सहितको हातधुने स्थान बनाएर साबुन पानीले हात धोएमा रोगबाट बच्न सकिने भएकाले हातधुने ७ चरणहरु समेत कार्यक्रममा सहभागि भएकाहरुलाई सिकाइको छ । पूर्ण हातधुने अभियानलाई सफल बनाउन विशेष गरी स्वास्थ्य स्वयम्सेविका, विद्यार्थी, बडघर, सामुदायिक अभियान्ताहरु लगाउतको नै मुख्य भुमिका रहने भएकाले सम्बन्धित पक्षलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले बताउनुभयो ।

सामुदायिक अभियान्ताहरुले समुदायमा जनचेतना फैलाउन सक्ने मुख्य भुमिका रहने भएकाले सामाजिक अभियान्ताहरुलाई सिकाउन अति आवश्यक रहेको निष्कर्षका साथ कार्यक्रमको आयोवना गरिएको जनाइएको छ । कार्यक्रममा हात धुने स्थान बनाउदा आइपर्ने चुनौतीहरु, नीति तथा कार्यविधिको अभाव, सर्वसाधारणमा हात धुँदा हुने फाइदाका बारेमा अनभिज्ञता, बालबालिका अपाङ्ग र लैङ्गीकमैत्री हातधुने स्थान र साबुन पानीको अभाव, नकारात्मक सोच, स्रोतको अभाव र व्यवस्थापकिय अभाव जस्ता पूर्ण हातधुने अभियान रणनीती २०७९को विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा सिकाइएका कुराहरुले फोहोर हातको माध्यमबाट लाग्न सक्ने झाडापखला, आँउ, हैजा, जन्डिस, जुका, जिआरडियास, रगतमासी जस्ता ज्यानै जान सक्ने रोगबाट बच्नका लागि सावधान बनाउन सहयोग पुग्ने गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत पौडेलले बताउनुभयो । ठाकुरबाबा नगरपालिका, गेरुवा ग्रामिण जागरण संघ र तेर दे जोम्सको सहकार्यमा भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख विना कुमारी भट्टराईको अध्यक्षता रहेको थियो । कार्यक्रममा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्ट, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर बडुवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्कीए संगै नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिका भरि नै हात धुने कार्यलाई ठाकुरबाबा नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले बताउनु भयो ।

पुर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० साल सम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानी सहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको छ । पूर्ण हात धुने अभियान शुभारम्भ कार्यक्रमका सहभागीहरुले पूर्ण हात धुने नगरपालिका बनाउन साझा प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.