onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

राष्ट्रिय स्वतन्त्र पार्टीको भनाई ‘गृह मन्त्रालयमा हाम्रो दाबी यथावत् छ’

Sambad ADD long

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ । आज आइतबार बसेको पार्टीको बैठकले गृह मन्त्रालयमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘समस्या समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ । गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ ।’ उहाँले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताउनुभयो ।

यसैबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कानुनबमोजिम पुनः नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुझाउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.