onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गुलरियामा विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सुरु

Sambad ADD long

गुलरिया, बर्दिया : प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेको साझेदारि तथा शिक्षा विकास समन्वय इकाइ बर्दियाको समन्वयमा प्रधानाध्यापकहरुका लागि सिकाई परियोजना अन्तरगत विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला तथा क्षमता विकास तालिम आज देखि गुलरियामा सुरु भएको छ ।

बर्दिया जिल्लामा परियोजना संचालन भएका राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालित २५ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा विकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ ले व्यवस्था गरे अनुरुप विद्यालयको योजना बनाउने गरिएको भए पनि विद्यालयको आवश्यकता, स्थानीय माग र अवसरलाई मुख्य रुपमा राखि योजना बनाउँदा प्रभावकारी हुने बताउनुभयो । कार्यशालको प्रभावले आगामी दिनमा विद्यालयको योजना सुधार भएर आउने आफुले अपेक्षा गरेको देवकोटाले बताउनुभयो ।

शिक्षा विकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमलाई नेपाल सरकारका पूर्व शिक्षा सचिव एवम् बर्दिया जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले सहजिरकण गर्नु हुने स्याक नेपाल शाखा कार्यालय गुलरिया बर्दियाका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला तथा क्षमता विकास तालिम पुस २५ र २६ गरी दुई दिन संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.