
बर्दिया : जिल्लामा संचालित अवैध क्रसर उद्योगहरुलाई जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनिश्चितकालको लागि बन्द गरेको छ । अर्को निर्णय नहुँदा सम्मको लागि अवैध रुपमा संचालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
शुक्रबार जारी गरिएको सूचनामा दर्ता नभई सञ्चालन भएका, नवीकरण नभएका, विशेष आयोजनाका लागि स्थापना भएका तर आयोजना सम्पन्न भइसकेका, एक प्रयोजनको लागि दर्ता भएको तर उद्देश्य विपरीत फरक वस्तु उत्पादन गरेका लगायतका कानुनी प्रक्रिया तथा मापदण्ड पुरा नगरेका क्रसर उद्योगलाई अर्को निर्णय नभएसम्म सञ्चालन गर्न नपाउने गरी रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयद्वारा हस्ताक्षर सहित जारी भएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनाको विपरीत क्रसर सञ्चालन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ । सूचनामा कुनै क्रसर मापदण्ड पालना गरेका र नवीकरण भएको भए जिल्ला प्रशासन कार्यालयमा कागजात सहित आउनका लागि जानकारी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाद्वारा जारी सूचना :