onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बेस बर्दियाद्वारा स्वच्छता व्यवहार परिवर्तनका लागि अभियान संचालन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बेस बर्दियाले स्वच्छता व्यवहार परिवर्तन गर्न बर्दियाको आठै वटा पालिकाहरुमा अभियान संचालन गरेको छ । वाटरएडको सहयोगमा संचालित सहमिलन परियोजना अन्तरगत स्वच्छताका आठ व्यवहार परिवर्तन गर्न बर्दिया जिल्लाको सबै पालिकाहरुमा अभियान संचालन भएको हो ।

स्वच्छता व्यवहार परिवर्तनको अभियानमा तालिम प्राप्त ३८५ जना शिक्षक र ८४३ जना स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयम्सेविका मार्फत् समुदायका करिब १ लाख ३० हजार नागरिक स्वच्छता सम्बन्धिका आठ व्यवहार परिवर्तन सम्बन्धि जानकार हुने सस्थाले जनाएको छ ।

शिक्षक र स्वास्थ्यकर्मीको माध्ययबाट स्वच्छता सम्बन्धिका आठ व्यवहार अन्तरगत साबुन पानिले हातधुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, खानाको सुरक्षा गर्ने, पानी शुद्दिकरण गर्ने, शौचालयको सरसफाई गर्ने, महिनावारी सम्बन्धि स्वच्छता र कोभिड विरुद्दको पूर्ण खोपको मात्रा बढाउने सम्बन्धि सर्वसाधरण नागरिक जानकार हुने सहमिलन परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत मान बहादुर चौधरीले जानकारी दिनुभयो ।

बेस बर्दियाले सथानिय तह, स्वास्थ्य शाखा र विद्यालयसंग समन्वय गरी स्वच्छता व्यवहार परिवर्तन सम्बन्धिका बिभिन्न गतिबिधी संचालन गर्दै आएको जानकारी दिँदै हात धुने स्थान पहुँच युक्तता परिक्षण कार्य सम्पन्न भएको परियोजनाका अनुगमन मूल्यांकन अधिकृत चौधरीले बताउनु भयो । समुदायसम्म स्वच्छता व्यवहार परिवर्तन सम्बन्धि सचेतना पुर्याउने उद्देश्यले संचालित परियोजनाको सहयोगमा आधारभुत स्वास्थ्य केन्द्र र विद्यालयमा गरी १०५ स्थानमा सुविधायुक्त हात धुने ट्याङ्की सहितको स्ट्याण्ड संचालनमा आएको जनाइएको छ ।

३० वटा स्वास्थ्य केन्द्रमा र २० वटा विद्यालयमा नयाँ थप गरि जम्मा १५५ स्थलमा पहुँचयुक्त हात धुने स्ट्याण्ड पुर्याउने अधिकृत चौधरीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.