onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया हुने

Sambad ADD long

गुलरिया, बर्दिया : बर्दिया अस्पतालमा १२० जना हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ । लुम्बिनी प्रदेश सरकारले हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको हो । अस्पताल विकास समितीका अध्यक्ष नारायण गौतमले बर्दियामा अन्य जिल्लामा भन्दा हाइड्रोसिलका बिरामीको संख्या बढी भएकोले पनि धेरै संख्यामा शल्यक्रियाको कोटा प्राप्त भएको बताउनु भयो ।

गौतमले बर्दियामा अझ बढी संख्यामा हाइड्रोसिलका बिरामी हुन सक्ने भएकोले आग्रामी वर्ष अझ धेरै संख्यामा हाइड्रोसिलका बिरामी निम्ति कोटा आवश्यक पर्ने बताउनु भयो । साथै उहाँले कम स्रोत र साधन हुदाँ पनि अस्पतालमा पहिलाको तुलना धेरै सुधार हुनुमा डाक्टर लगायत अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया मंगलबार र विहिबार गर्ने व्यवस्था मिलाएको बताउनु भयो । उहाँले अन्य दिन बिरामी चेकजाँच गर्ने र हाइड्रोसिलको बिरामी भएको पाइएमा आवश्यक पर्ने सम्पूर्ण जाँच गरेर मंगलबार र विहिबार हप्तामा दुई दिन शल्यक्रिया गर्ने बताउनु भयो ।

बर्दिया अस्पतालका कन्सलटेन्स सर्जन डाक्टर विजय उपाध्यायले हाइड्रोसिल पुरुषको अण्डकोषमा पानी भरिएर हुने समस्या भएकोले यो शल्यक्रिया गरेर ठिक हुने बताउनु भयो । उहाँले हाइड्रोसिलको बिरामीको अन्डकोषमा भएको पानी निकाल्न शल्यक्रिया गर्ने भएकोले यो अन्य शल्यक्रिया तुलनामा सहज हुने गरेको बताउनु भयो ।लुम्विनी प्रदेश सरकारले यस वर्ष २५० जना हाइड्रोसिलकाको बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ । बर्दियामा १२० जनाको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था प्रदेश सरकारको रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ९० जना हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया भएको थियो । आर्थिक बर्ष २०७७/७८ मा १०० जना हाइड्रोसिलको बिरामीको निःशुल्क शल्यक्रिया भएको बर्दिया अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.