onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

होमस्टे संचालकहरुलाई संचालित कुक तालिम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.)बर्दियाको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्यापर्यटन र संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने होमस्टेमा काम गर्ने कुकहरुको क्षमता अभिवृद्धिको लागि संचालन गरिएको चार दिने तालिम सम्पन्न भएको छ । कुकहरुको क्षमता अभिवृद्धि तालिम मंसिर २४ गते देखी २७ गतेसम्म गरी ४ दिन संचालन भएको आयोजक संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले जनाएको छ ।

बर्दिया र बाँकेको दाङ्ग र सल्यानका उत्तरी मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति अन्तरगत ३४ जना होमस्टेका कुकहरुको तालिममा सहभागिता रहेको थियो । तालिममा सहभागी भएका ३४ जना मध्य १९ जनाले गत आर्थिक वर्षदेखि नै होमस्टे संचालन गरिरहेको र अन्य १५ जना सहभागीले यसै वर्षदेखि होमस्टे संचालन गर्न लागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले बताउनु भयो । संचालन भएको कुकहरुको क्षमता अभिबृद्दी तालिममा गत आर्थिकवर्ष देखि नै १९ जनालाई व्यवसाय संचालनका लागि प्रोत्साहन स्वरुप एक लाख प्रदान गरिएको र अहिले थप भएका १५ जना अन्य सहभागीहरुलाई पनि एक लाख रुपैयाँ प्रदान गरिने तथा पहिलेका १९ जनालाई पनि थप ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित उपलब्ध गराइएको तालिम आयोजक संस्थाले जनाएको छ ।

क्षमता अभिबृद्धी तालिम पश्चात सहभागीहरुले तालिम एकदमै महत्वपूर्ण भएको र अव यस योजनालाई आत्मसाथ गदै अघिबढ्ने प्रतिबद्दता जनाएका छन । विगतमा हुने र अहिले पनि हुँदै गरेको मानव र वन्यजन्तु बीचको द्वन्दलाई सह–अस्तित्वमा सिर्जना गर्ने र परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अग्र्यानिक रुपमा संचालन गरी आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ तालिम संचालन गरिएको हो । निकुञ्ज अवलोकनको लागि बर्दिया र बाँके निकुञ्जमा आउने पर्यटकहरुलाई निकुञ्ज अवलोकन संगै निकुञ्जको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रसम्म सन्देश प्रवाह गरि वन वन्यजन्तुको संरक्षणमा उल्लेखनिय योगदान पुर्याउन होमस्टे व्यवसायिहरुको खानामा गुणस्तर बृद्धि गर्न तालिमको आयोजना गरिएको एन.टि.एन.सी. बर्दियाका कार्यालय प्रमुख ड.रबिन कडरियाले बताउनु भयो ।

पर्यटन व्यवसाय खानासंग प्रत्यक्ष रुपमा जोडिएकोले निकुञ्ज क्षेत्रमा संचालनमा रहेका होटेलका भान्छामा काम गर्ने कर्मचारिको क्षमता अभिवृद्धि गर्न सकिएको खण्डमा पर्यटन व्यवसायि तथा निकुञ्ज संरक्षण दुवै तर्फ लाभ पुग्न सक्ने भएकाले तालिमको आयोजना गरिएको डा. कडरियाले बताउनु भयो । संचालित तालिमको प्रशिक्षण नेपालको कुक क्षेत्रमा नेपाली खानालाई संरक्षण र सम्वर्धन गर्नुपर्छ भन्ने अभियानमा समेत रहनुभएका लक्ष्मण प्रसाद भण्डारीले गर्नुुृ भएको थियो । प्रशिक्षक भण्डारीका अनुसार तालिमका सहभागिहरु उत्साहित भएर तालिममा सहभागि भएका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन, वन्यजन्तु संरक्षणका प्रमुख कार्य संगै समुदायको सहभागिता, जनचेतना, समुदाय परिचालन, मानव वन्यजन्तु द्वन्द न्यूनिकरण लगायतका क्रियाकलापमा काम गर्दै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.