onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया प्रदेशसभा २ को क बाट काँग्रेसका जन्मनय तिमिल्सेना विजयी

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया क्षेत्र नम्बर २ को क बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाइ ५ हजार ६७ मत अन्तरले पराजित गर्दै तिमिल्सिना विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।

जन्मजय तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका लहनु थारुले १० हजार ६४३ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कन्हैयालाल थारुले ५ हजार ३२५ मत ल्याउनु भएको छ ।

बर्दिया क्षेत्र नम्बर २ को क मा ४८ हजार ६५९ मत खसेको थियो । जसमध्ये २ हजार ६२२ मत बदर भएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.