बर्दिया १ मा नेपाली काँग्रेसका संजय गाैतम विजयी

बर्दिया : बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा संजय कुमार गाैतम विजयी हुनुभएकाे छ । अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाइ ७५३ मतान्तरले पराजित गर्दै सासंद विजयी हुनुभएका संजय गाैतमले यसपटक नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतले पछि पार्दै विजयी हुनुभएको हाे ।
बाम लाेकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका संजय गाैतमले ३० हजार ११ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गर्नुभएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिँह थारुले २३ हजार ९९३ मत प्रात गर्नुभयो ।
विजयी हुनुभएका गाैतम पुर्व सिँचाइ मन्त्री एवं पार्टीका निवर्तमान सभापति र अहिले नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । बर्दिया क्षेत्र नम्बर १ मा १ लाख ६२ हजार मतदाता रहेकाेमा १ लाख ४ हजार मत खसेकाे थियोे ।
Loading...