
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयले शिक्षक तथा कर्मचारीहरुका लागि ५ दिने क्षमता अभिबृद्धि कार्यशाला सम्पन्न गरेको छ ।
विद्यालयले कात्र्तिक १ देखी ५ गते सम्म शिक्षक तथा कर्मचारीहरुका लागि ५ दिने क्षमता अभिवृद्धि कार्यशाला संचालन गरेको हो । सम्पन्न कार्यक्रममा बाल विकास देखी कक्षा ८ सम्म अध्यापन गराउने १६ जना शिक्षक कर्मचारीहरुको सहभागिता रहेको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रमको अवधिमा नेपाल सरकारका पूर्व उपसचिव जीत बहादुर शाहले विद्यालय व्यवस्थापन समिति शिक्षक, अभिभावक संघ, सामाजिक परिक्षण समिति, अभिभावक र विद्यार्थी सहित ३४ जनालाई अभिमुखीकरण दिनु भएको त्रिभुवन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दाराम अधिकारीले जानकारी दिनु भयो ।