बाँके : अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ नारा सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १९ कि नेलिसा गिरी सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको अध्यक्ष बनेकी छिन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’का अवसरमा ‘गर्ल्स टेकओभर’ अभियान अन्तरगत एक दिनका लागि नेलिसा गिरीले स्याक नेपाल बाँकेको अध्यक्ष पद सम्हालेकि हुन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना सहित आफ्नो पद हस्तान्तरण गर्दै निर्वतमान अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले बालिकाहरुको नेतृत्व विकास तथा सहभागिताका लागि पद हस्तान्तण गरिएको र यस अवसरमा नेतृत्व दिन पाउनु स्याक नेपाल बाँकेले अवसरको रुपमा लिएको बताउनु भयो । संस्थाले बालबालिका, महिला, किशोरी, युवा तथा शिक्षाको सवालमा लामो समय देखि बिपन्न समुदायमा काम गरिरहेको र यसलाइ निरन्तरता दिने कार्य स्याक नेपाल बाँकले प्रयास गरिरहेको बताउनु भयो ।
पद हस्तान्तरण कार्यक्रममा स्याक नेपाल बाँके र बिभिन्न साझेदार सस्थाहरुको साझेदारिमा संचालित सिकाइ परियोजना प्रमुख एवम् टिमलिडर लक्ष्मी प्रसाद शर्मा र बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले संचालित परियोजनाको बारेमा जानकारी दिनुभयो । अध्यक्ष नेलिसा गिरीले आफुले स्याक नेपाल बाँकेको अध्यक्ष जस्तो गरिमामय पदमा आसन ग्रहन गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताउँदै सस्थाले संचालन गरेका बालबिबाह रोकथाम, महिला हिंसा बिरुद्दको अभियान, गुणस्तिरिय शिक्षाका लागि गरिएका प्रयासहरु निरन्तरता हुनेमा बिश्वस्त रहेको बताउँदै आगामी दिनमा आफ्नो साथ सहयोग रहने बताउनु भयो ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च, समाज जागरण केन्द्र (स्याक), बि–ग्रुप र बाँके युनेस्को क्लबको संयुक्त साझेदारिमा कार्यक्रमको संचालन गरिएको आयोजक संस्था स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।