onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाको शिक्षा शाखा प्रमुखमा सलिना थारु

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–४ कि सलिना थारु एक घण्टाका लागि शिक्षा शाखा प्रमुख बन्नु भएको छ । ११ औं अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सिता कुमारी भण्डारीको स्थानमा सलिना थारुलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।

भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा आयोजना गरिएको अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा सलिना थारुलाई शिक्षा शाखा प्रमुख बनाइएको हो । शिक्षा शाखा प्रमुख भइसकेपछि आफ्नो जिम्मेवारीलाई केहि समयका लागि लिन पाँउदा राम्रो अनुभव गर्न पाएको थारुले बताउनु भयो । नेपालका बिभिन्न पालिकामा बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तर भइरहेको छ ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले पद हस्तान्तरण कार्यक्रम बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो । साथै उहाँले बालिका तथा किशोरीहरुका आफ्ना सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्न सफल हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले बालिका दिवसको अवसरमा सम्पूर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । मंगलबार देखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस साता व्यापि रुपमा मनाउन थालिएको छ ।

किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजनीतिक अधिकार, किशोरीको शिक्षामा पहुँच र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध गर्दै ज्ञापन पत्र समेत बुझाएको बि–ग्रुपका फिल्ड सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको पद हस्तान्तरण कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको बिशिष्ट आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.