onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

थारु समुदायका अगुवा पर्ना थारुको दु:खद निधन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनबिरपुरका समाजसेवी, थारु समुदायका अगुवा पर्ना थारुको आज विहान दुःखद निधन भएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट वडा नम्बर ५ को वडाध्यक्ष पदका उम्मेदवार समेत रहनुभई पराजय भोग्नुभएका पर्ना थारु एक्कासी बिरामी परेपछि उपचारका लागि नेपालगंज लैजाने क्रममा आज विहान ज्यान गएको स्थानीय रतनलाल थारुले जानकारी दिनुभयो ।

स्थानीय व्यापारी समेत रहनुभएका उहाँ चुरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य, किसान माध्यमिक विद्यालय बनकट्टी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा कैलास सामुदायिक वनका पुर्व अध्यक्ष समेत रहनुभएको थियो ।

मृतक पर्ना थारुको शव बबई नदीमा हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गएिको रतनलाल थारुले जानकारी दिनुभयो । मृतक थारुका एक छोरा र तीन छोरी छन् ।

Leave A Reply

Your email address will not be published.