online-aama-surachhya-sandesh

सदस्यको जीवनस्तर उकास्न सहकारीले काम गरेको छ : हाम्रो मध्यवर्ती साकोस अध्यक्ष

हाम्रो मध्यवर्ती साकोसको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नवराज न्यौपानेले संस्थाले अहिले सदस्यहरुको जीवनस्तर उकास्नका लागि पहल थाल्दै आएको बताउनु भएको छ । असोज १४ गते शुक्रबार ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा केन्द्रिय कार्यलय रहेको हाम्रो मध्यवर्ती साकोसको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सम्पूर्ण सहकारीहरुको उद्देश्य सदस्यहरुलाई आर्थिक समृद्दी प्रदान गर्ने रहेको बताउनु भएको हो ।

लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरुलाई समायोजन गर्नुपर्छ भन्ने उद्देश्यले अहिले हाम्रो मध्यवतसर्् साकोसले जिल्लाका विभिन्न पालिकामा संचालनमा रहेका अन्य सहकारी संस्थासंग एकिकरणको कार्यलाई तिब्रता दिएको छ अध्यक्ष न्यौपानेले बताउनु भयो । पछिल्लो समय मुलुकमा अस्वभाविक रुपमा बढिरहेका सहकारीहरुको व्यवस्थापन चुनौतीपुर्ण बनिरहेका बेला १५ वटा सस्थाहरु एकिकरण गरि हाम्रो मध्यवर्ति साकोसले जिल्लाको ठाकुरबाबा, राजापुर, गेरुवा लगायतका पालिकाहरुमा सेवा प्रवाह गरिरहेको छ । सहकारी एकिकरणले सहकारीको गुणस्तर र दिगो विकासमा थप टेवा प्रदान गर्ने अपेक्षा गरिएको समेत अध्यक्ष न्यौपानेले बताउनुभयो । वार्षिक साधारणसभाले संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर थापाद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगती प्रतिवेदन पारित गरेको छ ।

तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले सहकारीका सदस्य व्यवसायिक नबनेसम्म सहकारीको प्रगती नहुने भएकाले कृषकहरुलाई निर्वाहमुखी भन्दा पनि व्यवसायमुखि भएर कृषि पेशामा लाग्न आग्रह गर्नुभयो । ठाकुरबाबा नगरपालिकाले नगरका जनताहरुलाई स्वास्थ्य बिमासंग कसरी जोड्न सकिन्छ भनेर नगर अस्पताललाई बिमासंग जोड्ने तयारी गरेकाले यो कार्यमा सहकारीले सहयोग गर्न समेत नगर प्रमुख लम्सालले आग्रह गर्नुभयो । नगर प्रमुख लम्सालले दिगो विकासको लक्ष्य हाँसिल गर्नका लागि सहकारीले चालेका कदम उत्कृष्ठ भएकाले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारालाई व्यवहारमा उतारेर अगाडि बढाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडको भुरीगाउँ शाखा प्रमुख किरण खत्रीले भन्नुभयो “सहकारीले व्यक्तिगत जिविकोपार्जनमा बचत देखि ऋण र जन्म देखी मृत्यु सम्मका सम्पूर्ण सेवाप्रदान गर्दै आइरहेकोले स्थानीय सहकारी स.स्थासंग भावनात्मक रुपमा पनि नजिक छन् ।” सहकारी सस्थालाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन सबैको सहयोगको आवश्यकता रहेको समेत राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख खत्रीले बताउनुभयो ।

साधारणसभा कार्यक्रममा हाम्रो मध्यवर्ती साकोसले चुरे क्याम्पस, बगनाहाका पूर्व क्याम्पस प्रमुख कृष्ण प्रसाद पौड्याल, बर्दिया राष्ट्रिय निकुञ्ज, उज्यालो नेपाल, रेडियो टाइगर, नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र, मध्यवर्ती क्षेत्र विकास समिती लगायतका सस्थासंग सहकार्य गरेर सहयोग गर्ने अतिथीहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ ।

साकोसले आर्थिक बृद्धिका लागि संस्थामा आवद्ध शेयर सदस्यहरुलाई तालिम प्रदान गर्ने देखि लिएर महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । वन्यजन्तु पिडितलाई राहतकोष स्थापना गरि सेवा दिनुका साथै समुदायमा बृहत जनचेतनाका कार्यक्रम, महिलाहरुका लागि निःशुल्क पाठेघरको क्यान्सरको परिक्षण जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको हाम्रो मध्यवर्ती साकोसमा प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले जानकारी दिनुभयो । पछिल्लो समय सहकारी शिक्षा तालिम, सिपविकास तालिम, सुत्केरी सदस्य भेटघाट कार्यक्रम, विद्यालयमा हाम्रो मध्यवर्ती लगायतका कार्यक्रमहरु संचालन गरेर सदस्यहरुको आर्थिक उपार्जनमा सहयोग प्रदान गर्दै आई रहेको संस्थाले जनाएको छ ।

हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा नेफ्स्कुनका वरिष्ट उपाध्याक्ष चन्द्र प्रसाद ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगाना लगायतको आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.