भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा ब्यवसायिक सिप विकास तथा योजना निर्माण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरि वातावरणिय बिशिष्टता समुह (बि-ग्रुप)को साझेदारि तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा ब्यवसायिक सिप विकास तथा योजना निर्माण तालिम आयोजना गरिएको हो ।
१८ वर्ष देखि २४ वर्ष उमेर समूहका युवा महिला, आर्थीक रुपमा विपन्न, लैंगिक हिंसामा परेका र आयस्रोत कम भएका महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले ब्यवसायिक सिप विकास तथा योजना निर्माण तालिम दिइएको बि–ग्रुपका फिल्ड सुपरभाइजर सिर्जना चौधरीले बताउनुभयो । बि–ग्रुपले युवतीहरुको जीवनस्तर उकास्नका लागि पछिल्लो समय ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका १५/१५ जना युवतीहरुलाई ब्यवसायिक सिप विकास तथा योजना निर्माण तालिम दिएको फिल्ड सुपरभाइजर चौधरीले जानकारी दिनुभयो ।
प्रशिक्षक शेखर दहितले सहजिकरण गर्नुुभएको तालिममा के व्यवसाय संचालन गर्ने, कति लागतमा शुरु गर्ने, ब्यवसाय संचालन गर्दा आउने समस्या, समस्याको समाधान गर्ने उपाय लगायतको विषमामा आधारित रहेर योजना निर्माण सम्बन्धि प्रशिक्षण दिइएको आयोेजक संस्था भेरि वातावरणिय बिशिष्टता समुह (बि-ग्रुप)ले जनाएको छ । तालिममा १५ जना युवतीहरुको सहभागिता रहेको थियो ।