दशैं नजिकिए संगै भुरीगाउँमा यात्रु सहायता कक्ष स्थापना

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशै, तिहार, छठ लगायत चाडपर्वमा समस्या तथा अलपत्र परेका यात्रुलाई गन्तब्यमा पुग्न सघाउने, ठगी नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि असोज ८ गते सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन गरिने छ । सुरक्षित र सहज रुपमा गन्तब्यसम्म पुग्ने वातावरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ ।

चाडपर्व मनाउन फर्किने स्थानीयहरु लुटिने र ठगिने गरेको गुनासो आउन नदिन तथा सहायता कक्ष मार्फत् सचेतना जगाउने र समस्यामा परेका यात्रुहरुलाई गन्तब्य सम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सहायता कक्ष प्रभावकारी हुने बताइएको छ । चोरी, ठगी, लुटपाट, कुटपिट नियन्त्रणसंगै दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचमा जोड दिइएको छ ।

Loading...

Thakurbaba Municipality