onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षक कल्याण साकोसको अध्यक्षमा यज्ञ नेपाल सर्वसम्मत

Sambad ADD long

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका-३, बगनाहामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिक्षक कल्याण साकोस) को अध्यक्षमा यज्ञ प्रसाद नेपाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

असोज ८ गते सम्पन्न सहकारीको २७ औं वार्षिक साधारणसभाले नेपाललाई अध्यक्षमा चयन गरेको हो । साधारणसभाले यज्ञ प्रसाद नेपालको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गरेको छ । संचालक समितिको उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा असिम पौड्याल, कोषाध्यक्षमा शान्ति शर्मा, सदस्यहरुमा कुमार सापकोटा, केशव लामिछाने, केशव तिमिल्सैना, निर्मला बजगाईँ र राम बहादुर खड्का चयन हुनु भएको संस्थाका प्रवन्धक महेश ढुङ्गानाले जानकारी दिनुभयो ।

साधारणसभाले ३ सदस्यिय नयाँ लेखा सुपरिवेक्षण समितिको समेत गठन गरेको छ, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेमराज तिमिल्सैना तथा सदस्यहरुमा चुडामणी शर्मा र जयन्ती चौधरी सर्वसम्मत चयन हुनु भएको छ । साधारणसभाले लेखा सुपरिवेक्षण समितिका संयोजक हेमराज तिमिल्सैनाद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संगै कोषाध्यक्ष शान्ति शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र संचालक समितिको तर्फबाट यज्ञ प्रसाद नेपालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम पारित गरेको छ ।

अनलाइन संवादसंगको कुराकानीमा नवनिर्वाचित अध्यक्ष नेपालले ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाको वडा नम्बर १ र २ (साविकको सूर्यपटुवा गाउँ विकास समिति) कार्यक्षेत्र भएको संस्थामा कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई सदस्य बनाउने अभियान संचालन गर्दै सहकारीको कार्यक्षेत्र समेत विस्तार गर्ने र संस्थालाई शिक्षकहरुको क्षमता विकास तथा शैक्षिक क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना बनाई सहकारीलाई अगाडि बढाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

चुरे माध्यमिक विद्यालय, बगनाहामा कार्यरत शिक्षकहरुले विक्रम सम्वत् २०४२ सालमा अनौपचारिक रूपमा सुरु गरेको शिक्षक कल्याण साकोस २०५२ फागुन २० गते सम्बन्धित निकायमा दर्ता भएर संचालन भइरहेको छ । संस्थामा हाल २२७ जना शेयर सदस्य, ४८ जना सन्तति बचतकर्ता र ५ वटा संस्थागत सदस्य रहेको प्रवन्धक ढुंगानाले बताउनु भयो । संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ७४ लाख बराबरको कारोवार गरेको छ । सहकारीले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरु मात्रै शेयर सदस्य बनाउने गरेको छ ।

शिक्षक कल्याण साकोसको नवनिर्वाचित संचालक समितिको शनिवार सम्पन्न पहिलो बैठकले संस्थाको २७ औ साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने एवम् संस्थाका संस्थापकहरुलाई धन्यवाद ज्ञापन गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । बैठकले संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौड्यालको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नवराज ढुंगाना, नन्दाराम अधिकारी, सूर्यबहादुर खत्री र ओमराज ढुंगाना रहनु भएको छ ।

यस्तै उपाध्यक्ष लक्ष्मी पौडेलको संयोजकत्वमा शान्ति अधिकारी र गिता सिग्देल सदस्य रहेको सन्तति बचत उपसमिति, सचिव असिम कुमार पौड्यालको संयोजकत्वमा रमिला गिरी र जीवन खनाल सदस्य रहेको ऋण उपसमिति तथा सदस्य कुमार प्रसाद सापकोटाको संयोजकत्वमा संजयनाथ ठाकुर र सम्झना आचार्य सदस्य रहेको शिक्षा उपसमिति गठन गरिएको सचिव असिम कुमार पौड्यालले जानकारी दिनुभयो ।

शिक्षक कल्याण साकोसका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौड्यालको अध्यक्षता तथा जिल्ला सहकारी संघ, बर्दियाका अध्यक्ष नवराज ढुंगानाको प्रमुख आतिथ्यता र संस्थाका सल्लाहकार समितिका संयोजक (निवर्तमान) एवम् त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँका प्रधानाध्यापक नन्दराम अधिकारी र पूर्वस्रोत ब्यक्ती मदन ज्ञवालीको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.