बर्दिया : बर्दिया प्रहरीले अबैध काठ बरामद गरेको छ । नर्सरी वनमा लुकाएर राखिएको काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी ताराताल र खैरापुर ‘क’ बाट खटिएको प्रहरी टोलीले भदौ ६ गते राती ११ः३० बजे गुलरिया नगरपालिका–१, स्थित नेपाल–भारत सिमा नजिक रहेको नर्सरी वनमा लुकाएर राखेको काठ नियन्त्रणमा लिएको हो । नर्सरी वनमा खाडल खनेर राखेको अवस्थामा ८ थान (७२ क्यूफिट) सालको गोलिया बरामद गरिएको हो ।
काठ नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।