onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

Sambad ADD long

बर्दिया : मधुवन नगरपालिकाका शिक्षा शाखा अधिकृत नारायण खनाललाई दुर्व्यवहार गर्ने प्रयास गर्दै हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का नेता अर्जुन बिष्ट रहेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो । बिष्टविरुद्ध अभद्र व्यवहार अन्तरगत कारबाही चलाइएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।

पक्राउ परेका बिष्ट नेकपा निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी रहेको प्रहरीले बताएको छ । शिक्षक नियुक्ति, सरुवा, बढुवालगायत विषयमा शाखा अधिकृत खनालमाथि कारबाही गरेको अखिल (क्रान्तिकारी) का नेता लोकेश जोशीले बताउनुभयो ।

कार्यालय कक्षमा पसेर कालोमोसो लगाउने प्रयास गर्दै शिक्षा शाखा प्रमुख खनालमाथि हातपात गर्दा कर्मचारीले विरोध गरेका थिए । ५ जनाको समूहमा आएका उनीहरूलाई पक्राउ गर्न खोज्दा चार जना भागेको र एक जनालाई कर्मचारीले समातेर प्रहरीलाई बुझाएको नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो । साभार : कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.