onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

संविधान दिवसमा ‘विकास प्रेमी युवा’को आयोजनामा बृहत रक्तदान

Sambad ADD long

बर्दिया : संविधान दिवसका अवसरमा गुलरियामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र युथ ब्लड डोनर्स, गुलरियाको समन्वयमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा ५१ जनाले रक्तदान गरेको विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटी अध्यक्ष मोहम्मद शिद्दिकीले जानकारी दिनुभयो । रक्तदान शिविर सञ्चालन गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने आयोजक संस्थाले जनाएको छ ।

उपचाररत बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभावमा ज्यान जानबाट बचाउन रेडक्रससंगको सहकार्यमा रक्तदान शिविरको आयोजना गरिएको विकास प्रेमी युवा समूहका संयोजक गोपाल निरौलाले बताउनुभयो । रक्तदान कार्यक्रम अत्यन्त संवेदनशील पक्ष भएको र देखासिकीमा नभएर सुरक्षित र संयमता अपनाएर आयोजना गरिएको संयोजक निरौलाले जानकारी दिनुभयो ।

स्थानीय युवा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, ब्यवसायी लगायतको सक्रिय सहभागिता रहेको बृहत रक्तदान कार्यक्रम आयोजक विकास प्रेमी युवा समहका गुलरिया नगर कमिटि अध्यक्ष मोहम्मद शिद्दिकीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.