onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

संविधान दिवसको शुभकामना

Sambad ADD long

संघर्ष अनि बलिदानका लागि
ठेला उठेका हातहरू
चिरिएर फुटेका पाइतालाहरू
जब
जुर्मुराउदै उठे
बस्ती बस्तीबाट निस्केका
अनगिन्ती लामहरू
लामबद्द हुँदै
नदी सागरमा समाहित भएझैं
जब
सार्वभौम सत्ता र स्वतन्त्रताको
आवाज बुलन्द गर्दै
जहानिया तन्त्रको अन्त्यको माग गर्दै
सडकमा आगो ओकल्दै
स्वाभिमानका लागि संखनाद भयो
गाउबाट शहर घेर्दै अघि बढ्यो
आर्थिक असमानता

अनि
सामाजिक विभेदका विरूद्द
चोक अनि चौतारा हुदै
मानव सागर अघि बढ्यो
जब सामन्ती शासन विरूद्द
जनताको आवाज घन्कियो
शान्तिपूर्ण सडक आन्दोलनबाटै
सामन्ती शासकले घुडा टेक्यो
राजतन्त्रको अन्त्य भयो

अनि
गणतन्त्रको विगुल बज्यो
विहानिको उषाकिरण संगै
गणतन्त्र नेपालका हामी नेपाली
स्वाभिमानी हामी नेपाली
परिवर्तनको दियो बालि
राष्ट्रियताको झण्डा उचाली
समृद्धिको यात्रामा
अदम्य शाहस र हौसलाले
शहिदको रगतले पोतिएको
क्रान्तिको रापले ओतिएको
चन्द्र सुर्य झण्डालाई साक्षी राखी
नेपालको संविधान लेख्यौ हामीले ।

तर
आज यहा संविधान माथि नै
प्रहार गरिदैछ
सत्ताको उत्कठ
अभिलाषा बोकेकाहरूबाट,
यसका हरेक अंगअंगमा
प्रहार गरिदैछ ,न्याय निमोेठिदै छ ।

त्यसैले
अब फेरि समय आएको छ
संविधानको रक्षा गर्नेहरूसंग
देश सम्बृद्धिको सपना देखनेसंग
राष्ट्रियताको चट्टानी अडानमा
उभिनेहरूसंग,
काधमा काध मिलाउनु छ
देश विकासका यात्रामा
अगाडि बढ्नु छ  ।

अब
अध्यारा बस्तिहरूमा
उज्यालो छर्ने प्रण गर्दै
समृद्ध नेपाल सुखी नेपालीको
महत्वाकांक्षा बोकेर
जुट्नुपर्छ हातहरू
बांझा खेतका गराहरू
हरियालीले छाउनु पर्छ
जनताको मुहारमा खुशी आउनु पर्छ
अब ढिला नगरी गाउँ
शहर अनि वस्तीहरू उठ्नुपर्छ
विकासमा युवाहरू जुट्नुपर्छ ।

मुटुचित्र देशको माया मनभित्र
पुर्खाको छाया बोकेर
गौरव अनि विरताले
भरिएको हाम्रो इतिहासलाई
अक्षुण्ण राख्दै
संविधानको मर्म अनि
जनचाहनालाई शिरमा बोकि
जुटौ अब राष्ट्र निर्माणमा ।

युवा पौरखी हातहरू
खाडी अनि मलेसिया हैन
बौद्भिक अनि सृजनशील नागरिकहरू
युरोप अमेरिका भासिने हैन ।
यहि धर्तिमा पसिना बगाउनु पर्छ
आउ जुटौ अघि बढौ
सम्वृद्धिको यात्रामा अघि बढौ ।
राष्ट्र निर्माणमा सवै जुटौ ।
संविधान दिवस २०७९ को शुभकामना

Leave A Reply

Your email address will not be published.