onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बि–ग्रुपद्वारा ठाकुरबाबामा संचालित कार्यक्रमको अनुगमन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–४, सैनावारमा संचालन भई रहेको परिवर्तनका संवाहक कक्षा (सि.ओ.सी.), वडा नम्बर ७ को शिवसुन्दर माध्यमिक विद्यालयमा बाल संरक्षण नीति, शैक्षिक गतिबिधि, शिक्षक विद्यार्थि र अभिभावकको आचारसंहिता तथा मैनावारमा अभिभावकमा सकरात्मक सोचाई के कस्तो भैरहेको छ भन्ने विषयमा अनुगमन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय बिशिष्टता समुहद्वारा संचालित बालविवाह न्यूनिकरण परियोजना अन्तरगत परिवर्तनका संवाहक केन्द्रको संचालन, सदस्यहरुका विषयगत जानकारी, सहभागिको अवस्था, उनिहरुले गरेका अभ्यासको लेखाजोखा गर्ने, सकारात्मक अभिभावकत्व सम्बन्धि तालिम प्राप्त गरेका अभिभावकको बिद्यमान सिप, ज्ञान व्यवहार तथा धारणामा आएको परिवर्तनबारे समिक्षा गर्ने र विद्यालयमा वालसंरक्षणको अवस्था तथा परियोजनाले बाल संरक्षण प्रबद्र्धनमा गरेको कार्यहरुको सहभागिता मुलक समिक्षा गर्ने उद्देश्यले अनुगमन गरिएको बि–ग्रुपका फिल्ड सुपरभाइजर माया खड्काले जानकारी दिनुभयो ।

अनुगमनमा सि.ओ.सी. कक्षा लिएका किशोर किशोरीहरुसंग सि.ओ.सी.को बुझाई, ब्यवस्थापन समस्याबारे छलफल गर्नुका साथै विद्यालयमा बालसंरक्षणको अवस्था र चुनौतिबारे विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षकसंग छलफल गरिएको थियो । अनुगमनका क्रममा सहभागि अभिभावकहरुले पहिलेका वर्षको तुलनामा अहिलेका वर्षहरुमा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउने क्रममा विस्तारैै सुधार हुँदै गइरहेको बताएका छन् ।

यस्तै सकारात्मक सिकाइ प्रबद्र्धन तथा बालबालिकाहरुको विद्यालय निरन्तरताका लागि सक्षमताहरुको विकास विस्तारका लागि बिद्यार्थिहरुलाई प्रोत्साहित गर्ने, समयको आवश्यकता र माग बमोजिम विद्यालयमा प्रबिधिमैत्रि वातावरणको विकास गर्नका लागि भुमिका निर्वाह गर्ने गरेको, विद्यालयलाई बालविवाह, दुब्र्यवहार, लैगिंक हिंसा र अन्य बिभेदबाट मुक्त गर्नका लागि भुमिका निर्वाह गर्ने गरेको तथा विद्यालयमा सुनुवाई सम्बन्धि संयन्त्र बलियो तथा व्यवस्थापन गर्ने गरिएको बताइएको छ ।

अनुगमनमा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता कुमारी भण्डारी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्य, प्लान इन्टरनेशनेल नेपालका बिमल गैरे, सुस्मिता श्रेष्ठ, बि–ग्रुपका अनुगमन मुल्याकंन अधिकृत एलिसा दहित, फिल्ड सुपरभाइजर सोम गुरुङ, बिमला रावत र माया खड्काको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.