onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा बालविवाह तथा लागुपदार्थ दुर्ब्यसनी विरुद्धको अभियान चल्दै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बालविवाह तथा लागुपदार्थ दुर्ब्यसनी विरुद्धको अभियानलाई तिव्र पारिएको छ । बालविवाह, छिटो हुने विवाह, जबरजस्ती हुने विवाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लागुपदार्थ दुब्र्यसनी जस्ता विभिन्न हिंसा न्यूनीकरण गर्नका लागि बिभिन्न गैरसरकारी संस्थाहरूले अभियान तिव्र पारेका हुन् ।

प्लान इन्टरनेशनल नेपाल र भेरि वातावरणिय बिशिष्टता समूह (बि–ग्रुप) को साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा ठाकुरबाबा नगरपालिकाको बिभिन्न स्थानमा बालविवाह न्यूनिकरण परियोजना मार्फत् हिंसा रोक्नका लागि सडक नाटक प्रदर्शन लगायतको अभियानलाई तिब्र पारिएको बि-ग्रुप ले जनाएको छ । गैरसरकारी संस्थाहरूले बर्दियामा बालविवाह तथा विभिन्न परम्परागत हानिकारक अभ्यास रोक्न गाउँगाउँमा किशोर किशोरी समूह, बाल क्लब, युवा क्लब गठन गरेर जनचेतना फैलाउने तथा स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालासंग समन्वय गरेर काम गरिरहेका छन् ।

“हामी जसरी पनि बालविवाह, चाँडै हुने विवाह र लागुपदार्थ दुब्र्यसनी विरुद्धको अभियानमा लागेका छौ” बि–ग्रुपका सुपरभाइजर बिमला रावतले भन्नुभयो कतिपय ठाउँमा विवाहको कुरा चलिरहेको थाहा पाए पश्चात हामीले रोकेका छौं, रोक्छौं पनि । आफूहरूको अभियानमा ठाकुरबाबा नगरपालिका, वडा कार्यालय र प्रहरीले पनि सहयोग गरिरहेको रावतले बताउनुभयो ।

युवा क्लब मार्फत् पनि सशक्तरूपमा सामाजिक विसंगति विरुद्ध अभियान सञ्चालन गरिएको जानकारि दिदै उहाँले सिओसी कक्षाका सहभागीले बालविवाह रोक्नका लागि चालेको कदमलाई आफूले पूर्ण सहयोग गरिरहेको पनि बताउनुभयो । कसैको घरमा बालविवाह हुन गइरहेको छ भन्ने पत्ता लाग्ने वित्तिकै हामी नगरपालिकाको टोली, प्रहरी सहित गएर कानुनी कुराको साथै बालविवाहले पार्ने सामाजिक आर्थिक, मानसिक लगायतका असर बारेमा कुरा गर्छौं उहाँले भन्नुभयो ।

ठाकुरबाबा नगरपालिकामा रणनीतिक योजनाको आधारमा बालविवाह विरुद्ध विभिन्न क्रियाकलाप गरिँदै आएका छन् । बालविवाह रोक्नका लागि सबैभन्दा ठूलो कुरा जनचेतना भएकाले अहिले व्यापक रूपमा सचेतना फैलाउने काममा समेत जोड दिइएको छ । यदि कानुनी प्रावधान बारे जानकारी हुँदाहुँदै पनि कुनै व्यक्तिले अटेरी गरे कारबाहीको दायरामा ल्याउने समेत बि–ग्रुपका सुपरभाइजर रावतले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.