onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा संचालित अटोरिक्साकाे भाडादर नगरपालिकाले निर्धारण गर्ने

१० दिन भित्र प्रतिवेदन पेश गर्न ७ सदस्यीय कार्यदल गठन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा संचालित अटोरिक्साहरुले यात्रुसंग नगरले तोकेको भन्दा बढी भाडा लिन नपाउने भएका छन् । ठाकुरबाबा नगरपालिका र अटो संचालकहरु बिच भदौ २७ गते गरिएको अनन्तरक्रियाबाट भाडा दर भन्दा बढी रकम यात्रुसंग लिन नपाउने निर्णय गरिएको हो ।

ठाकुरबाबा नगरपालिका भित्र सञ्चालन हुने बिद्युतिय ई-रिक्सा र अटो रिक्सा संचालकसंग ठाकुरबाबा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार ठाकुरबाबामा रहेका अटो रिक्सा संचालकहरुसंग रिक्सा पार्किङ्ग तथा भाडादर निर्धारण सम्बन्धमा छलफल गरिएको हो । आगामी १० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी ७ सदस्यीय कार्यदल गठन समेत गरिएको ठाकुरबाबा नगरपालिका नगरप्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो ।

यस अघि पनि अटो रिक्साले आफुखुसी भाडा उठाउने गरेकोले ठाकुरबाबा नगरपालिकाले ठाउँ अनुसारको अटो भाडा दर निर्धारण गरेको थियो । भदौ २७ गते सोमबार गठित कार्यदलको प्रतिवेदनको आधारमा ठाकुरबाबा नगरपालिका भित्रका सम्पुर्ण अटो रिक्साको व्यवस्थापन गर्ने निर्णय गरिएको छ । नगरपालिकाले तोकेको ठाउँ भन्दा बाहिर पार्किङ्ग गरे अथवा तोकेको भन्दा बढि भाडा लिएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.