विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

बर्दियामा डेँगी रोगका बिरामी बढ्दै

बर्दिया : बर्दियामा डेँगी रोग फैलिँदै गएको छ । २०७९ जेठ महिना यता मात्रै २७ जना डेँगी रोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बर्दियाले ज्वरो आएर जाँच गराउन अस्पताल पुगेकामा परीक्षण गर्दा २७ जनामा डेँगी रोग देखिएको जनाएको छ ।

जिल्लाका सबैजसो पालिकामा यो रोगका विरामी फेला परेका छन् । ज्वरो आएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पतालमा पुगेकाहरुमा डेंगी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले एकै क्षेत्रमा धेरैजनामा डेंगी रोग पुष्टि भएको क्षेत्रमा खोज र नष्ट गर भन्ने अभियान शुरु गरिएको बताउनु भयो ।

डेँगी एडिस जातको पोथी लामखुटेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेँगी भाइरसबाट संक्रमित लामखुटेको टोकाइले यो रोग सर्दछ । वर्षातको मौसम सुरु भएपछि डेँगी रोगको प्रकोप बढ्न थाल्दछ यो लामखुटेले दिउँसो मात्र टोक्ने गर्दछ ।

आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म बर्दियामा ७९ जनामा डेँगी पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढि गुलरिया नगरपालिकामा डेँगी रोगका बिरामी फेला परेका थिए ।

बर्दिया अस्पतालमा डेँगी रोगको परिक्षणको ब्यवस्था गरिहेको छ । हालसम्म डेँगी रोगको परिक्षणको लागि प्रयोग हुने किटको अभाव नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सुभाष पाण्डेले बताउनु भयो । मेडिकल सुपरिटेन्डेन डाक्टर पाण्डेले डेँगी रोगको लक्षण तीन देखि १४ दिनको अन्तरमा देखिने बताउनु भयो ।

डाक्टर पाण्डेले डेँगी रोग लागेका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने,आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउन,अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने,पेट तथा आन्द्रामाा गडबडी हुने लक्षण बिरामी देखिने बताउनु भयो । साथै डाक्टर पाण्डेले डेँगु रोग लागेपछि यसको विषेश उपचार नभएको र रोगको लक्षण अनुसार उपचार गरिने बताउनु भयो । डाक्टर पाण्डेले कडा ज्वरो आएमा वा शंका लागेमा डाक्टरको सल्लाह र चेकजाँच विना जथाभावी औषधी सेवन नगर्न आग्रह गनुभयो ।

Loading...

Thakurbaba Municipality