करणी मुद्दामा सजाय सुनाइएका फरार ब्यक्ति बारबर्दियाबाट पक्राउ

बर्दिया : जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–१, बस्ने वर्ष ४४ को मुक्ति थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले भदौ १७ गते विहान अभियुक्त मुक्ति थारुलाई पक्राउ गरेको हो । २०७५ जेठ ४ गते जिल्ला अदालत बर्दियाले जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकेकोमा अभियुक्त फरार भएका थिए ।

फरार रहेका थारुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Loading...