भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा भदौ १० गते नागरिक उन्मुक्ती पार्टीको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टी, ठाकुरबाबा नगरकमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टीसंग आवद्ध रहेका स्थानीयको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले थारु, दलित, आदिबासी लगायतका पिछडिएका वर्गहरुमा भएका दमन शोषण र जातिए विभेदको अन्य गरिनु पर्ने कुरामा जोड दिइएको नागरिक उन्मुक्ती पाटिका जिल्ला संयोजक मोहनलाल चौधरीले जानकारी दिनुभयो । थारु समुदायमा भएका विभिन्न घटनाहरुलाई सरकारले बेवास्ता गरिरहेको र त्यसतर्फ सवैजना एकजुट भएर लाग्नु पर्ने तथा टिकापुरको घटना राजनीतिक घटना हो वा होइन प्रतिवेदन तयार गर्नुपर्नेमा नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका थारु नेता मोहनलाल चौधरीले पिछडिएको वर्ग तथा समुदायमा जतिसुकै ठुला घटना घट्दा पनि सरकार मौन रहेर बसेको र बेवास्ता गरीरहेको हुँदा अव चुप लागेर नवस्ने बताउँदै थारु समुदायमा भएका अन्याय, अत्याचारको विरुद्धमा जसले आवाज उठायो उसैलाई सरकारले जेल पठाएको र आफ्नो अधिकारबाट बन्चित बनाएको प्रति दुःख लागेको बताउनुभयो । पार्टीकी केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यता, केन्द्रिय प्रवक्ता दामोदर पाण्डितको विशिष्ट आतिथ्यता तथा अमर थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टीमा रहेका ठाकुरबाबा क्षेत्रका नगर तथा जिल्लास्तरका नेताहरु साविकको पार्टी परित्याग गरी नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका छन् ।
अघिल्लो स्थानियतह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार तथा नेपाली काँगे्रसका निर्वतमान जिल्ला सचिव मख्खुराम थारु, जिल्ला सदस्य खुशीराम थारु, हरी प्रसाद थारु, शिवशंकर थारु, पर्ना थारु, बृहस्पती थारु, कृष्ण थारु, पल्टुराम थारु यसैगरी माओबादी केन्द्रबाट यसअघिको स्थानीय निर्वाचनमा निर्वाचित वडा नम्बर २ का निर्वतमान अध्यक्ष हरीराम थारु, कन्हैयालाल थारु लगायत विभिन्न पार्टी परित्याग गरी नागरिक उन्मुक्ती पार्टी प्रवेश गरेका नागरिक उन्मुक्ती पार्टीका जिल्ला संयोजक मोहनलाल चौधरीले जानकारी दिनुभयो ।