onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गर्भवती महिलाको उद्धारका लागि हेलिकोप्टरको ब्यवस्थापन हुन्छ : मन्त्री रेग्मी

Sambad ADD long

बर्दिया : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले सुत्केरी हुन नसकी खतरामा परेका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन हेलिकोप्टरको ब्यवस्थापन गरिएको बताउनु भएको छ ।

बारबर्दिया नगरपालिका–३, बेलवाबज्जामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउनु भएको हो । बारबर्दिया नगरपालिकाको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालको संयुक्त साझेदारीमा करिव १ करोड २९ लाख रुपैयाँको लागतमा विद्यालयको ६ कोठाको भवन निर्माण सम्पन्न भएको हो ।

अहिले आफू महिला, बालवालिका, अपाङ्ग लगायत विपन्नको अभिभावकको भुमिकामा रहेको बताउँदै देशका ४५ वटा जिल्लाहरुका जोखिममा परेका गर्भवती महिलाको उद्धारको लागि हेलिकोप्टर चार्टरको ब्यवस्था मिलाएको बताउनु भयो । दुर्गम भेगका स्वास्थ्य संस्थाहरुमा गम्भीर समस्या आएमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा गर्भवती महिलाहरुको सुत्केरी हुन नसकेर अकालमै ज्यान जाने गरेकोले यातायातको सहज पहुँच पुग्न नसकेको जिल्लाहरुका जोखिममा परेका गर्भवती महिलाको उद्धारका लागि मन्त्रालयमा जानकारी आउने वित्तिकै हेलिकोप्टर पठाउने ब्यवस्था मिलाईएको मन्त्री रेग्मीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.