onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरप्रमुखको तलब भत्ता, दुःखी गरिबलाई सहयोग

हाल सम्म ७५ हजार १२२ रुपैयाँ विभिन्न प्रयोजनका लागि सहयोग

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले राज्यबाट पाउने तलबभत्ता लगायतको सुबिधाको रकम आर्थिक अभावमा औषधी उपचार गर्न समस्या भएकाहरुलाई सहयोग गर्नु भएको छ ।

नगरप्रमुख लम्सालले आफुले पाउने सेवा सुविधाको रकम जम्मा हुने गरी कृषि विकास बैंक लिमिटेडको भुरीगाउँ शाखामा मेयर तिलकराम लम्साल राहत कोषको नाममा खाता संचालन गर्नु भएको र सो खाताबाट नगरबासीको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा खर्च गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ ।

२०७९ सालको जेठ र असारको सेवा सुविधा वापतको ७२ हजार ७२ रुपैयाँ, नगरसभा बैठक भत्ता ३ हजार ४००, कार्यपालिका बैठक भत्ता ५ हजार १००, भ्रमण भत्ता १६ हजार, राजश्व परामर्श समिति बैठक भत्ता ८५०, अन्य संघ संस्थाबाट प्राप्त बैठक भत्ता ११ हजार ५००, अन्य बैठक भत्ता ४ हजार २७१ र बैंकबाट प्राप्त ब्याज १४२ रुपैयाँ गरी कुल १ लाख १३ हजार ३३५ रुपैयाँ जम्मा भएकोमा हाल सम्म ७५ हजार १२२ रुपैयाँ विभिन्न प्रयोजनका लागि सहयोग गरेको नगर प्रमुख लम्सालले जानकारी दिनुभयो ।

नगरप्रमुख लम्सालले निर्वाचनको समयमा तलबभत्ता लिन्न भनेर घोषणा गर्नु भएको थियो, तलबभत्ता नलिएर कसरी अगाडी बढ्छु भन्ने सोंच्नु भएको छ ? भन्ने प्रश्नमा नगरप्रमुख लम्सालले आफ्नो पैतृक सम्पत्ती राम्रो रहेको र आफु त्यसमा सन्तुष्ट रहेको बताउँदै आफु ब्यवसायीक क्षेत्रबाट राजनीतिमा आएकाले ब्यवसायीक क्षेत्रबाट हुने आम्दानी नै पर्याप्त भएकाले राज्यबाट पाउने तलबभत्ता लगायतको सुबिधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने योजना रहेको बताउनु भयो । आफ्नो कार्यकालमा भ्रष्टचार नगर्ने र भ्रष्टचार गर्न पनि नदिने उहाँले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.