online-aama-surachhya-sandesh

छोराछोरीको हत्या गर्ने पक्राउ

५ वर्षअघि छोरीको हत्या, छोराको अहिले

Sambad ADD long

बर्दिया : छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७३ साल साउन २५ गते जन्मेकी छोरी स्मृति ५ वर्षदेखि बेपत्ता छिन् । उनको अवस्था अज्ञात छ । डम्बरले २०७४ साल फागुन २१ गते छोरीलाई घुमाउन लैजान्छु भनेर लगेको श्रीमती कृष्णा चन्द बताउनु हुन्छ । त्यस दिनदेखि छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर नफर्केको कृष्णाले बताउनु भयो । नेपाली सेनामा जागिरे बोहोरा भगौडा सैनिक हुन् । पटक–पटक छोरी कहाँ छिन भन्दा श्रीमानले कहिले एसओएस बालग्राम काठमाडौ त कहिले सुर्खेत भनेर झूट बोल्दै आएको कृष्णाको भनाइ छ । डम्बरले केही समय भारतको हरियाणामा पेट्रोल पम्पमा पनि काम गरेका थिए ।

पछिल्लो समय भने उनी बर्दियाको बाँसगढी नगरपालिका—५, एसओएस चोकमा डेरा लिई बस्दै आएका थिए । भारतबाट उनी गत साउन ८ गते बाँसगढी फर्केको प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

गत साउन १६ गते डम्बरले ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने भन्दै लगेका थिए । तर उनी आफू मात्र फर्किए । छोरा घर नफर्किएपछि कृष्णा आत्तिनुभयो । उहाँले छोरा हराएको भन्दै इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिनुभयो । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेटेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका हृदयेश सापकोटाले बताउनु भयो ।

‘दीपकको निर्ममतापूर्वक हत्या गरिएको रहेछ,’उहाँले भन्नुभयो ‘तत्काल हामीले डम्बरलाई नियन्त्रणमा लिएपछि उनले छोरा र छोरीको हत्या गरेको स्वीकारेका छन् ।’ डम्बरले छोरीको हत्या गरेको ठाउँ बताए पनि पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

कृष्णाले श्रीमानले निकै दुःख दिने गरेको र माइतीबाट पैसा लिएर आउन दबाब दिने गरेको बतायनु भयो । माइतीबाट पैसा ल्याउन नसकेपछि श्रीमानले दुःख दिन थालेको उहाँले बताउनु भयो । साभार : कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.