onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो।

मध्यराति भूकम्प गएपछि नागरिक घरबाहिर निस्किएका थिए । यसअघि साउनको २१ गते नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.