onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया राष्ट्रिय निकुञ्जमा पुनः जंगल सफारी सन्चालन

बाघको सख्या बढेपछि पर्यटकको आकर्षण केन्द्र बन्दै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी साउन २ गते बुधबार देखि पुनः सञ्चालनमा आएको छ । मौसमको अवस्था हेरेर जंगल सफारी खुला गरिए पनि लगातार वर्षा भइरहे बन्द गर्न समिने निकुञ्ज प्रशासनले जनाएको छ ।

पर्यटक र पर्यटन व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै निश्चित तोकिएको राम्रो बाटोमा अवलोकन गर्न पाउने गरी जंगल सफारी पुनः सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । हाललाई जंगल सफारी पुरु गरिए पनि पानी पर्नासाथ सफारी गर्न नपाउने बताइएको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार मौसमको अवस्था हेरेर सफारी खोलिएको हो, लगातार वर्षा भएमा बन्द हुनेछ ।

यस वर्ष गणनामा बाघ बढेपछि पर्यटकको आकर्षण केन्द्र बर्दिया राष्ट्रिय निकुञ्ज भएको छ । यद्दपि यसअघि पनि बाघका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्दै गएको थियो । गत वर्षमा १६ हजार २९७ पर्यटक निकुञ्ज भित्रिएका थिए । जस मध्ये नेपाली १३ हजार ७४, तेस्रो मुलुकका २ हजार ३२२ र सार्क राष्ट्रबाट ९०१ जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्यांकमा उल्लेख छ । विगतका तुलनामा सार्क राष्ट्रबाट आउने पर्यटकमा वृद्धि भएको छ ।

कोरोना महामारी सुरु भएयता बन्द गरिएको हात्ती सफारी भने अहिलेसम्म खुलाइएको छैन । पर्यटकहरु विशेषगरी अनुमति प्राप्त जिपबाट सफारी गर्दै आएका छन् । पैदल अनुगमन गर्ने पर्यटक पथ प्रदर्शक (गाइड) को सहारामा निकुञ्ज अवलोकन गर्ने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार १२५ वटा बाघ रहेका छन् ।

यसैगरी यस निकुञ्जमा सयभन्दा बढी हात्ती, ३७ वटा गैंडा लगायत थुप्रै चित्तल, निलगाई, बारसिंगे लगायतका वन्यजन्तु रहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज बाहिर आसपासका क्षेत्रमा ठूला, साना गरी दुई दर्जनभन्दा बढी पर्यटकीय होटलहरु सञ्चालनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.