onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयाताल गाउँपालिकाको गाउँसभाबाट बजेट तथा योजना पारित

Sambad ADD long

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिका गाउँ कार्यपालिकाको ११ औँ गाउँसभाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा योजना पारित गरेको छ । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा सम्पन्न गाउँसभाले ८७ करोड ३७ लाख २८ हजारको बजेट तथा योजना पारित गरेको हो ।

प्रस्तुत बजेट बक्तब्यमा आर्थिक वर्ष २०७९/८० मा चालु तर्फ ४७ करोड ६ लाख ८७ हजार रुपैयाँ र पूँजिगत तर्फ ४० करोड ३० लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तुत गरिएको बजेट किताब अनुसार कृषिमा ३ करोड ३६ लाख ५५ हजार रुपैयाँ विनियोजन भएको छ भने शिक्षामा आन्तरिक तर्फ २ करोड ६४ लाख २० हजार रुपैयाँ र शर्सत तर्फ २२ करोड २९ लाख रुपैयाँ गरि जम्मा २४ करोड ९३ लाख २० हजार रुपैयाँ विनियोजना गरिएको छ ।

त्यस्तै प्राथमिताको अर्को क्षेत्र स्वास्थ्यमा आन्तरिक र शर्सत गरि ४ करोड २७ लाख ६९ हजार रुपैयाँ, महिला, बालबालिका तथा समाजकल्याण तर्फ १ करोड २४ लाख ८६ हजार रुपैयाँ आन्तरिक तर्फबाट विनियोजन गरिएको जनाईएको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले प्रस्तुत गर्नु भएको बजेट तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार लगायतका क्षेत्र प्राथमितामा परेको छ ।

प्रस्तुत कार्यक्रममा आधारभुत आवाश्यक्ताको रुपमा रहेको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्दै पालिकाका जनतालाई स्वस्थ जीवनयापनको वाताबरण सिर्जना गर्ने, आधुनिक तथा बैज्ञानिक कृषि प्रणालीको विकासको माध्यमबाट स्थानिय कच्चापदार्थमा आधारित उद्यमशिलता विकास गर्दे उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने, प्रविधिको एकिकृत परिचालनवाट रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, सबैखाले बिभेदमुक्त पालिकाको विकास गर्दै समाबेशी समानुपातिक प्रतिनिधित्वमा उदाहरणिय गाउँपालिकाको रुपमा विकास गर्ने जस्ता महत्वकांक्षी उद्देश्य राखी बजटे निमार्ण गरिएको छ ।

१९ पेजमा उल्लेख गरिएको बजेट तथा कार्यक्रममा पोषण, भौतिक पुर्वाधार विकास क्षेत्र, विपद् वातावरण, खानेपानी तथा फोहोरमैला ब्यबस्थापन क्षेत्र, लघुउद्यम तथा कृषि सहकारी क्षेत्र, पर्यटन तथा संस्कृती, सुशासन प्रवर्धन, न्यायिक ब्यवस्थापन तथा मेलमिलाप लगाायत मानबिय संबेदनशिलताका क्षेत्रलाई समेटिएको छ । बजेटमा ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक र अशक्त अपांगता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुर्याउने ब्यबस्था गरिने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.