विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

बर्दिया प्रहरीलाई अर्को सफलता, ब्राउन सुगर सहित दशगजाबाट २ जना पक्राउ

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिका-२, फुटाहा दशगजाबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध (ब्राउन सुगर)को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले साउन २९ गते साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने मनसुख लाल थारु र सोहि ठाउँका अरविन थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट ३ वटा प्लाष्टिकको पुरिया बनाई राखेको ५ ग्राम १३० मिलिग्राम ब्राउन सुगर संगै २ वटा मोबाइल र एउटा बजाज कम्पनीको एन एस पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तिनै जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरिक्षक जीवराज थापा क्षेत्रीले जानकारी दिनुभयो । पछिल्लो समय बर्दियामा ब्राउन सुगरको कारोबारीहरुलाई पक्राउ गर्न बर्दिया प्रहरीले सफलता पाई रहेको छ ।

Loading...

Thakurbaba Municipality