गुलरिया, बर्दिया : जबरजस्ती करणी मुद्दामा सजाय सुनाईएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१०, बस्ने कधही चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले साउन ३० गते अभियुक्त चमारलाई पक्राउ गरेको हो । २०७८ असार २९ गते जिल्ला अदालत बर्दियाले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकेकोमा अभियुक्त फरार भएका थिए ।
चमारलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिनुभयो ।