onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सहायक सिडिओको नेतृत्वमा गुलरिया र मधुवनकाे बजारमा अनुगमन

२५ हजार १९९ रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु नष्ट

Sambad ADD long

गुलरिया, बर्दिया : सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा साउन २५ गते बुधबार गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा बजार अनुगमन गरिएको छ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय – नेपालगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय – नेपालगञ्ज, गुलरिया र मधुवन नगरपालिकाको कार्यालय, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा साद्यान्न पसल, फेन्सी पसल, पेट्रोल पम्प, फ्रेस हाउस, मदिरा पसल लगायत ३८ वटा ब्यवसायहरुमा अनुगमन गर्दा २५ हजार १९९ रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा गुलरिया नगरपालिका–३, खैरापुरमा रहेको गणपती आयल स्टोरमा अर्को आदेश नभए सम्मका लागि पेट्रोलको कारोबार रोक्का गरिएको छ भने १० वटा ब्यवसायीहरुलाई कैफियतका आधारमा ९२ हजार रुपैयाँ जरिवाना गरिएको सहायक सिडिओ पाण्डेयले जानकारी दिनुभयाे ।

संयुक्त अनुगमन टोलीले बजारको अनुगमन पछि सबैले देख्ने स्थानमा मूल्यसूची राख्न, म्याद गुज्रिएका सामानहरु बिक्री नगर्न, बिल बिजक दुरुस्त राख्न निर्देशन दिनुका साथै सात दिन भित्र पसल/ब्यवसाय सुधार गर्न सचेत गराएको छ । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । बर्दियामाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.