onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रहरी हिरासतबाट फरार भएका अभियुक्त बढैयातालबाट पक्राउ

Sambad ADD long

गुलरिया, बर्दिया : इलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट फरार भएका एक अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका–८, बस्ने वर्ष २६ को अब्दुल खाँलाई प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको टोलीले बढैयातल गाउँपालिका–२, स्थीत नेपाल–भारत सीमा नजिकबाट आज सोमबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानको शिलशिलामा २०७९ साउन ९ गते खाना खुवाउने समयमा ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्याएर खाँ फरार भएका थिए । फरार रहेका अभियुक्त खाँलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.