चोरी आरोपका फरार प्रतिबादी ठाकुरबाबाबाट पक्राउ

भुरीगाउँ, बर्दिया : चोरी कसुरमा सजाय सुनाईएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३, मानपुर बस्ने वर्ष २९ को अब्बु भनिने अम्मर सावदलाई घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँबाट प्रहरी बरिष्ठ नायब निरिक्षक राजेश सिंह धामीको नेतृत्वमा खटिएको टाेलीले आज दिउँसो १२ बजेको समयमा अभियुक्त सावदलाई घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

२०७८ असार ३० गते जिल्ला अदालत बर्दियाले डाँका चोरी कसुर मुद्दामा १ महिना कैद र १० हजार ५६० रुपैयाँ जरिवाना तोकेकोमा अभियुक्त फरार भएका थिए । सावदलाई घरबाट नै नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Loading...